काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न पर्ने भएपछि उनका दुई जना नातेदार मृगौला दिन तयार भएका छन् ।
प्रधानमन्त्री ओलीले प्रत्यारोपणका लागि आफ्ना नातेदारबाटनै मृगौला लिन चाहेपछि उनलाई अमेरिकामा रहेका भाञ्जा नाता पर्ने एक पुरुष र भाञ्जी नाता पर्ने एक महिला मृगौला दिन तयार भएका हुन् । मिर्गौला दिन तयार भएकी भाञ्जी बिहीबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै पुगेकी थिइन्। मिर्गौला दिन तयार भएपछि ओली र दुवै नातेदारको रगतको क्रस म्याचसमेत गरि सकिएको अस्पतालले जनाएको छ।
नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा १२ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले ‘रिजेक्ट’ गरेसँगै प्रधानमन्त्री ओली नयां प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेपछि सम्भावित दाता खोज्न थालिएको थियो । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताएसँगै ओली प्रत्यारोपण गर्ने निर्णयमा पुगेका हुन् ।
गत सोमबार राति अत्याधिक पेट दुखेसँगै पखाला लागेपछि मंगलबार बिहान महाजगञ्जस्थित मनमोहन कार्डियोथोरासिकमा प्रधानमन्त्रीलाई भर्ना गरिएको थियो । त्यसको केहि समयमै उनलाइ एपेन्डिसाइटिस भएको डाक्टरहरुले पत्तो लगाएछि आकस्मिक अप्रेशन गरिएको थियो ।
कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ ।
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते