काठमाडौं । गत मंसिर २९ देखि पुस ६ गतेसम्म चितवनमा चलाइएको चल्ला र अण्डा नष्ट गर्ने अभियान (चिकेन होलिडे) पछि बजारमा कुखुराको मासूको मूल्य ह्वात्तै बढेको छ । चल्ला उत्पादकको आन्दोलनअघि काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य २१० रुपैयाँ थियो । अहिले मूल्य बढेर प्रतिकिलो ३ सय ७० रुपैयाँ पुगेको छ ।
फार्मिङ एण्ड एग्रिकल्चर रिसर्च म्यानेजमेन्टले उल्लेख गरेअनुसार काठमाडौंमा तयारी मासुको मूल्य ३१५, पोखरामा ४१०, धनगढीमा २८० र इटहरीमा ३०० रुपैयाँ प्रतिकिलो हो । तर बजारमा यो भन्दा धेरै मूल्यमा मासु बिक्री भईरहेको छ ।
वर्षभरिमा कुखुराको मासुको सबैभन्दा बढी माग हुने महिना माघ र फागुन हो । मासु व्यवसायीहरुका अनुसार पिकनिक, बिहे र अन्य कामका लागि अत्यधिक मासुको खपत यो दुई महिनामा हुन्छ । व्यवसायीले यही सिजनको मौका छोप्न चिकेन होलिडेको रणनीति लिएका थिए ।
१० दिनसम्म चल्ला उत्पादन गर्ने अण्डा नष्ट गर्ने अभियान सञ्चालन गरेपछि मासु व्यवसायीले त्यतिबेलै दुई पटक मूल्य बढाएका थिए । कुखुराको मासुको मूल्य बढाएर उपभोक्तामा आर्थिक भार थोपर्न चिकेन होलिडे मनाइएको भन्दै सरकारी हस्तक्षेप हुनुपर्ने उपभोक्ता अधिकारकर्मीको माग थियो तर सरकारले सुनेन ।अख्तियारप्राप्त सरकारी निकाय अनुगमन र कारबाहीमा चुप बसेपछि व्यवसायीको मनपरी बजारमा देखिएको छ । व्यवसायीले जुन उद्देश्यका लागि चिकेन होलिडे मनाएका थिए अहिले त्यो पूरा भएको छ ।
सम्बन्धित खबर
विद्यालयमा बाढी पस्नुअघि नै विद्यार्थी निकालेँ, अन्तिममा म निस्केँः त्रिभुवन त्रिशूली मावि प्रअ दवाडी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
बाढीमा परी ट्राभल्स कम्पनीबाट गएका २ सय ९१ विदेशीसहित ३ सय ८४ पर्यटक तथा पदयात्री बेपत्ता
रसुवा, नुवाकोट, धादिङसहित ६ जिल्लामा उच्च सतर्कता अपनाउन र तटीय क्षेत्र खाली गर्न सरकारको अपिल
तिब्बती क्षेत्रको भोटेकोशीबाट सुरू भएको बाढीबाट जनधनको अकल्पनीय क्षती
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
यो पनि पढौँ
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन