ललितपुर । नेवार, तामाङ, थारू आदि समुदायमा ट्याटू खोप्नुलाई संस्कृतिका रुपमा अनुसरण गरिन्छ ।
संस्कृतिका रुपमा हुर्केको ट्याटु अहिले युवा पुस्ता माझ फेसनको रुपमा बाड्दो छ।
तिनै ट्याटु प्रेमी युवाहरूलाई लक्ष्यित गरि
यहि फागुन २३ र २४ मा रेन्बो जुम्बा एण्ड डान्स स्टुडियो र जेकेयस इन्टरटेन्टमेन्टले संयुक्त रूपमा ‘टुबोर्ग ललितपुर ट्याटुु कन्भेन्सन’ को आयोजना गर्ने गरेको छ ।

नाखिपोट, बास्केट बल कोर्ट, ललितपुर हुने र्कायक्रमको उद्घेश्य ललितपुरका ट्याटू कलाकारहरुलाई अवसर प्रदान गरेर ट्याटु कलाको प्रर्वदन गर्ने साथसाथै ट्याटू कलाको महत्वबारे बुझाउने पनि रहेको छ। यस कार्यक्रममा ललितपुरका लगभग ३० ट्याटू कलाकारहरुले भाग लिदै छन् ।
उक्त दुइ दिने कायक्रममा मनोरञ्जन प्रदान गर्ने उदेश्यका साथ नेपालका चर्चित कलाकार र साङ्गीतिक ब्याण्डले गीत संगीत प्रस्तुत गर्ने छन। साथै, प्रत्यक्ष सांगीतिक कोसेलीका लागि ब्यान्ड सबिन राई र फारो , नेपाली भ्लगर चेतनराज कार्की साथै लास्ट मिनेट यामान’ , र ‘दि मेमोरिया’ ले आ–आफ्नो प्रस्तुती प्रदर्शनी दिनेछन ।
टुबोर्गले मुख्य प्रायोजन गरेको कार्यक्रममा मेगा अटो सर्भिस एण्ड मेन्टिनेन्स, भुवनेश्वरी माता इन्भेस्टमेन्ट, द प्रीसियस आर्ट, आभा मोशन पिक्चर, र आइडियल कन्स्ट्रक्सनले साथ दिएका छ्न।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्