गोरखा । कोरोना भाइरसको संक्रमण रोकथामका लागि चीनसँग जोडिएका गोरखाका दुई नाकाबाट आवतजावत बन्द गरिएको छ ।
उत्तरी क्षेत्रको सामागाउँ र छेकम्पारमा चीनसँग जोडिएको नाकाबाट आउजाउ गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
‘चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण यता पनि आउन सक्छ,’ उनले भने, ‘त्यही संक्रमण नफैलिओस् भनेर केही दिनका लागि सामागाउँ र छेकम्पारको नाका बन्द गरेका हौ ।’
उनका अनुसार सीमा क्षेत्र तिब्बतका मानिस नेपाल र नेपालका मानिस तिब्बत आउजाउ गर्न निषेध गरिएको छ । ‘त्यो हाम्रो औपचारिक नाका नभएकाले समकक्षीसँग समन्वय गरेका छैनौं, स्थानीय तहसँग समन्वय गरेर हामी आफैंले नाकामा कडाइ गरेका हौ, तर चाइनाले पनि बोर्डरमा मानिसहरु आउजाउ गर्न टाइट गरिरहेको छ,’ उनले भने ।
कोही मानिस आउजाउ गरेको भेटिएमा स्वास्थ्य परीक्षण गरेर बाँकी निर्णय गरिने उनको भनाइ छ ।
नाकामा मानिसको आउजाउ बन्द गर्न सीमाका प्रहरी युनिटलाई पत्राचार गरिएको एसपी ओमप्रसाद अधिकारीले बताए ।
छेकम्पार, सामागाउँ र लार्केस्थित प्रहरी चौकीलाई सोमबार पत्राचार गरिएको उनले जानकारी दिए । अन्य नाकाभन्दा छेकम्पार नाकामा मानिसको आउजाउ बढी हुने उनको भनाइ छ ।
सम्बन्धित खबर
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल
४५ औं दिनको स्मृतिमा रक्तदान : ४० युनिट रगत संकलन
वालिङ सुर्कौदीमा अवैध ढुङ्गा ढुवानी, एक टिप्पर नियन्त्रणमा
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
प्रहरी कार्यालयलाई मुक्तिनाथ बैंकको टेलिभिजन सहयोग
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण