विद्यालयमा वार्षिकउत्सव र सभा, समारोह नगर्न सरकारको आग्रह

विद्यालयमा वार्षिकउत्सव र सभा, समारोह नगर्न सरकारको आग्रह

education board

काठमाडौंसरकारले कोरोना भाइरसको संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै आवश्यक सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको छ ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी सतर्कता अपनाउन विद्यालयहरुलाई आग्रह गरेको हो ।

त्यसका लागि कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न र विद्यालयमा सभा, समारोह र वार्षिक उत्सव जस्‍ता सर्वसाधारण भेला हुने कार्यक्रम नराख्न पनि सूचनामा भनिएको छ ।

शिक्षा सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकारवाला पक्षलाई बोलाएर सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न पनि भनेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ