प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पर्ने झापाको गौरादह नगरपालिकामा नेपाल बिद्यार्थी संघले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेको छ। गौरादह नगरपालिकाको ब्यस्त बजार डिपु चोकमा नेबिसंघले दिप प्रज्वलन गरेको हो ।
नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको नवौं स्मृती दिवसको अवसर पारेर गौरादह कृषि क्याम्पस र गौरादह बहुमुखी क्याम्पसका नेपाल बिद्यार्थी संघ इकाई समितीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरुले किसुनजीलाई सम्झनुका अतिरिक्त काठमाडौं महाराजगन्जस्थित मनमोहन कार्डियो थोराक्सिस भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा दोस्रो पटक आफ्नो मृगौला प्रत्यारोपणका निमित्त उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै दिप प्रज्वलन गरेका थिए।
तर, हेटौंडामा भने नेवि संघका विद्यार्थीले केपी ओलीसँग आर्यघाट जोड्दै नाराबाजी गरेका थिए । यसको सर्वत्र विरोध भएको छ ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग