प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको तयारी सुरु भएको छ । प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीलाई १२ घण्टादेखि खालि पेट राखिएको छ । प्रधानमन्त्री ओलीको रक्तचाप, नाडी र शरीरको तापक्रमको मापन, रक्तचाप, मुटुको परीक्षण गरिएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा उनको मिर्गौला प्रत्यारोपण हुनेछ ।
परीक्षणमा सम्पूर्ण रिपोर्ट राम्रो आएपछि मिर्गौला प्रत्यारोपणको तयारी गरिएको हो । अहिले बिहान ९ बजेदेखि सुरु हुने प्रत्यारोपणको काम करिव ६ घण्टामा सकिनेछ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतबाट डा. अनन्तकुमार सहितको टोली नेपाल आएको हो ।
२०६४ साल साउनमा दिल्लीस्थित अपोलो अस्पतालमा पहिलो मिर्गौला प्रत्यारोपण पनि डा. अनन्तकुमारकै नेतृत्वमा भएको थियो। ३५ वर्षदेखि मिर्गौला प्रत्यारोपणमा सक्रिय डा. अनन्तकुमारले ३५ सय बढी मिर्गौला प्रत्यारोपण गरिसकेको बताइन्छ । प्रत्यारोपणमा युरोलोजीस्ट तथा सर्जन डा. प्रेम ज्ञवालीसहित भारतबाट आएका चिकित्सक डा. अनन्तकुमारको टोली संलग्न रहनेछ ।
भुटानी प्रधानमन्त्रीको कामना: ओलीको मिर्गौलाको सफल प्रत्यारोपण होस्
भुटानका प्रधानमन्त्री डा लोट्टी छिरिङले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भई चाँडै स्वास्थ्य लाभ हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । प्रधानमन्त्री छिरिङले मंगलवार एक सन्देश पठाई प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका हुन् ।
यसैगरी, नेपालका लागि जापानी राजदूत मासामिची साइगोले पनि प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलता र स्वास्थ्यलाभको कामना गरेका थिए ।
सम्बन्धित खबर
कास्कीको अन्नपूर्णमा सामुदायिक बनमा आगो लगाउने एक व्यक्ति पक्राउ
पोखराको हर्पन खोलामा डुबेर एक बालकको मृत्यु
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग