काठमाडौ । मन्त्रिपरिषदको बैठकले लकडाउनलाई पूर्णपालना गराउने निर्णय गरेको छ ।
शनिबार बैठकले एक प्रदेशबाट अर्को प्रदेश, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
बैठकले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्न चालेको कदमको समीक्षा गरेको र त्यसमा मन्त्रिपरिषदले सन्तुष्टि ब्यक्त गरेको छ ।
बाहिरबाट आउनेमा कोरोना संक्रमण बढेको पाएपछि लकडाउनलाई पूर्ण पालना गर्न सबै निकायलाई निर्देशन दिने सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले जानकारी दिए ।
कैलाली कञ्चनपुर र बाग्लुंगमा नयाँ संक्रमण देखा परेकोले ति क्षेत्रमा सम्भाव्य ब्यक्तिको परीक्षण गर्ने र शंकामा भएका ब्यक्तिलाई पुन परीक्षण गर्ने योजना रहेको बताए । ती क्षेत्रमा र्यापिड परिक्षण गर्ने उनले बताए ।
मन्त्रिपरिषदको बैठकले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताका साथै स्वास्थ्य उपकरण छिटो उपलब्ध गराउने, बाधा उत्पन्न गर्ने बाधा पुर्याउनेलाई कारबाही गर्ने, उपचारमा संलग्न चिकित्सकको सुरक्षा प्रत्याभूति गर्ने जस्ता निर्णय पनि गरेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्