काठमाडौं । अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयकाका अनुसार अमेरिकामा यस भाइरसबाट ४१ हजार ३७९ जनाको मृत्यु भएको हो ।
७ लाख ६९ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
ह्वाइटहाउसमा आयोजित प्रेस ब्रिफिङमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसम्म ४१ लाख ८० हजार अमेरिकी नागरिकमा कोरोना भाइरस टेष्ट गरिएको जानकारी दिए । उनले बढीभन्दा बढी व्यक्तिको परीक्षण गरिने पनि बताए ।
उनले अमेरिकाले जति परीक्षण अरु कुनै पनि देशले नगरेको दाबीसमेत गरे ।
साथै कोरोनाविरुद्ध लड्न आवश्यक आर्थिक सहयोगका लागि डेमोक्रेट पार्टीका नेताहरुसँग छलफल गर्ने जानकारी पनि ट्रम्पले दिएका छन् ।
उनले महामारी फैलिनबाट रोक्नका लागि भूमिका खेलेको भन्दै न्यूयोर्कका गभर्नर कुमोलाई धन्यवादसमेत दिएका छन् ।
‘न्यूयोर्कको स्थिति पहिलेको भन्दा राम्रो’
अमेरिकामा कोरोना भाइरस संक्रमणको केन्द्र न्यूयोर्क हो । यद्यपि न्यूयोर्कमा भने नयाँ संक्रमितको संख्या घटिरहेको त्यहाँका गभर्नर एन्ड्रयु कुमोले बताएका छन् ।
उनले भनेका छन्, ‘यदि कोरोना संक्रमणका नयाँ बिरामीको संख्या यसैगरी घटिरह्यो भने न्यूयोर्कको स्थिति पहिलेको भन्दा राम्रो हुँदै गएको मान्नुपर्छ । तर यो स्थिति यस्तै रहन्छ कि रहँदैन भन्ने कुरा अहिल्यै केही भन्न सकिँदैन ।’
साथै उनले आगामी सातादेखि न्यूयोर्क राज्यभर कोरोनाको एन्टीबडी टेस्टिङ अभियान सुरु गरिने बताएका छन् । संक्रमणको वास्तविक अवस्था पत्ता लगाउन हरेक हप्ता १४ हजार जनाको कोरोना टेस्ट गरिने उनको भनाइ छ ।
सम्बन्धित खबर
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दिल्लीमा तनाव, संसद् भवनमा प्रवेश गर्न खोजेपछि ककरोच पार्टीका संस्थापक पक्राउ
जापानको फुकुओकामा ‘तीज धमाका २०२६’ हुने, गायिका शान्ति श्री परियारको विशेष प्रस्तुति
भेनिजुएला भूकम्प: बेपत्ता आफन्तको खोजीमा छटपटी
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ