काठमाडौं । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान सुरु भएको छ । शनिबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् ।
हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छ ।
अहिले हिजरी संवत १४४१ हो । सामान्यतया आफ्ना नियमित काम सकेर एक महिनासम्म दिउँसो मस्जिदमा गएर नमाज पढ्ने गरिएको भएपनि कोरोना भाइरस (कोभिड–१९)को जोखिमका कारण यो वर्ष घरमै बसेर कुरान पढ्न राष्ट्रिय मुस्लिम आयोगले आह्वान गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा बोल्दै शुक्रबार आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सामान्यतया एक महिनाभर मस्जिदमा गएर कुरान पढ्नुपर्ने भएपनि कोरोना भाइरसको रोकथामको लागि सामाजिक दुरी कायम गर्नुपर्ने भएकोले घरघरमा नै नमाज बढ्नको लागि सबैसँग आग्रह गरे ।
रमजानको महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको महिनाको रुपमा मान्ने गरिन्छ । यो महिनामा रोजा बस्दा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ ।
प्रतिनिधि सभाका सांसद अतहर कमाल मुसलमानकाअनुसार रोजा बस्ने भनेको बिहान ३ः४३ देखि बेलुका ६ः५० सम्म निराहार बस्नु हो ।
उनका अनुसार यो शृङ्खला हरेक दिन भिन्दाभिन्दै समयमा सुरु हुने र अन्त्य हुने गर्छ । बिरामी, गर्भवती महिला र अशक्तलाई रोजा बस्न छुट रहेको पनि उनी बताउँछन् । रोजा बस्ने समयभरी निश्चित नियम भने पूरा गर्नुपर्ने उनी बताउँछन्् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्