चितवन । कोरोना संक्रमित चितवनको राप्ती नगरपालिका वडा नं. ८ का २७ वर्षीय युवक डिस्चार्ज भएका छन् । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनालाई जित्दै घर फर्किनेहरुको संख्या १२ पुगेको छ ।
ती युवकको शुक्रबार कोरोना परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएकाले शनिबार डिस्चार्ज गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।
डिस्चार्ज भए पनि ती युवक केही दिन भने अस्पतालमै बस्ने छन् । उनकी कोरोना संक्रमित आमाको उपचार भरतपुर अस्पतालमा नै भैरहेकाले उनले केही दिन अस्पतालमा नै बस्ने इच्छा राखेको अस्पतालले जनाएको छ ।
उनलाई अलग्गै कोठामा बस्ने व्यवस्था मिलाइएको मेसु डाक्टर तिवारीले जानकारी दिए ।
भरतपुर अस्पतालको क्याविनमा राखेर उपचार गराइरहेका युवककी ६३ वर्षीया आमाको भने रिपोर्ट पोजेटिभ नै आएको छ ।
त्यसैले उनलाई अझै अस्पतालमा नै राखिने अस्पतालले जनाएको छ ।
गत चैत ५ गते बेलायतबाट नेपाल फर्किएका आमा–छोराको ¥यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । भरतपुर र काठमाडौं टेकुमा गरिएको पीसीआर परीक्षणसमेत पोजेटिभ आएपछि उनीहरुलाई भरतपुर अस्पतालमा उपचारका लागि राखिएको थियो ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?