काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आन्तरिक विवाद चर्किएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेको हो ।
मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि सो दिन अध्यक्षद्वय ओली र प्रचण्डबीच अलग्गै छलफल भएपछि बुधबार सचिवालय बैठक बस्ने तय भएको हो ।
पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि अध्यादेश खारेज भइसकेको छ । तर, अध्यादेशको औचित्यबारे छलफल गर्न प्रचण्ड र माधव नेपाल पक्षले सचिवालय बैठक बोलाउन माग गर्दै आएका थिए ।
बुधबारको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने अनुमान गरिएको छ । वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा समसामयिक राजनीति र स्थायी कमिटी बैठकको विषयमा छलफल हुने बताए । यसअघि नेकपा स्थायी कमिटीका २० सदस्यहरुले नेतृत्वलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए ।
यसअघि अध्यादेश जारी भएकै दिन सचिवालयको बैठक बसेको थियो । तर, बैठक बसिरहेको बेला राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएपछि अब अध्यादेशमा छलफल गर्नुको औचित्य नभएको भन्दै नेताहरु उठेका थिए ।
सम्बन्धित खबर
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने