परासी । पश्चिम नवलपरासीको ७ वटै स्थानीय तहबाट २ सय ७ जनाको स्वाब नमुना संकलन गरिएको छ ।
जिल्लाको ७ वटै स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्नका लागि स्वास्थ्य कार्यालयले २०७ जनाको स्वाब संकलन गरेको होे ।
प्रदेश ५ सरकार मार्फत जिल्लामा प्राप्त २ भिटिएमबाट प्रत्येक पालिकामा २५ जनाको दरले पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने उद्देश्यले स्वाब नमुना संकलन गरिएको स्वास्थ्य कार्यालय प्रमुख गौरब ढकालले जानकारी दिएका छन् ।
जिल्लामा सुनवल, रामग्राम, बर्दघाट गरि ३ नगरपालिका र पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गरि ४ गाउँपालिका रहेका छन् ।
बैशाख १७ गते सुवनल नगरपालिकाबाट स्वाब संकलन कार्य शुरु भएको थियो ।
स्वाब संकलन गर्न स्वास्थय कार्यालयबाट पिपिई लगाई उच्च सतर्कताका साथ खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले स्वाब संकलन कार्य गरिरहेका छन् ।
पहिलो चरणमा स्वाब संकलन गर्दा क्वारेन्टाईनमा तथा विदेशबाट आएर होम क्वारेन्टाईन बस्ने र क्वारेन्टाईन बसेर घर फर्केकाहरुलाइ प्राथमिकतामा राखी स्वाब संकलन गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिएका हुन् ।
जिल्लाको क्वारेन्टाइन, होम क्वारेन्टाइन आइसोलेसनबाट गरि कुल ३ सय १६ जना क्वारेन्टाइनमा छन् ।
यहाँभन्दा पहिला क्वारेन्टाइनमा बसेका १७० जनाको आरडिटी परीक्षण गर्दा नेगेटिभ भेटिएर घर पठाइएको थियो ।
जिल्लामा संस्थागत क्वारेन्टाइनमा बस्ने र बसेर फर्केकासहित कुल २ सय ९० को तथ्याङ्क छ भने होम क्वारेन्टाईनमा बस्नेहरु ७ सय रहेका र अधिकांश छिमेकी राष्ट्र भारतबाट आएका स्वास्थ्य कार्यालयले जनाएको छ ।
संकलित स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’