काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिन आग्रह गरे ।
बाध्यतावस विदेशमा श्रम गर्न पुगेकालाई अत्यन्त गम्भीर अवस्थामा स्वदेशमा नआऊ भन्न नमिल्ने बताए ।
‘नागरिकलाई देश फर्कन नदिएर अनागरिक बनाइएको छ। यो संविधानको व्यवस्था विपरीत हो । श्रम गर्न गएका नागरिकको अवस्था चिन्ताजनक छ। विदेशका विभिन्न स्थानबाट नेपाली नागरिकलाई फर्कन भनेको छ,’ भट्टराईले भने, तर हाम्रो सरकार जिम्मेवार छै ।
सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। नेपालीले कहाँ जाने भनेर भनिरहेका छन्। तर सरकारलाई कुनै चासो छैन।’
साथै उनले एसईई लिन आवश्यकता नै नभएको बताए । भट्टराईले तत्काल एसईई लिन संभव पनि नभएको र लिन आवश्यक समेत नरहेको बताए ।
उनले भने, ‘यसैपनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो। १२ कक्षाको अन्तमा परीक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन। विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ।’
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी
चट्याङ लागेर एक बालकको मृत्यु, ३ जना घाइते
यी स्थानमा बदली र वर्षा हुने
नेपालमा ‘इन्ड्राइभ’ को आधिकारिक रूपमा सेवा सुरु
एमालेमा फर्किन चाहन्छु, आत्मालोचना गरिसकेँ: बामदेव गौतम
बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग