काठमाडौं । भक्तपुरमा मंगलबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरको आयोग्य फाउन्डेसनमा कार्यरत कोरोना संक्रमित युवती केही दिनअघि मात्रै सुनसरीबाट आएको पाइएको छ । उनी सुनसरीबाट भक्तपुर आइ ठिमीस्थित आफ्नो नर्स साथीको कोठामा केही दिन बसेकी थिइन् ।
संक्रमित युवती आरोग्य फाउन्डेसनमा एकाउन्टेन्टको रुपमा कार्यरत रहेको ललितपुर प्रहरीले पुष्टि गरेको छ । ‘आरोग्य प्रतिष्ठान स्वास्थ्यसम्बन्धी काम गर्ने संस्था भएपनि उहाँ त्यो अस्पतालमा एकाउन्टेन्ट रहेको खुलेको छ’, प्रहरी स्रोतले भने, ‘उहाँमा कोरोना पुष्टि भएसँगै आरोग्यसहित नजिकैको निदान अस्पतालसमेत सिल गरिएको छ ।’
ती महिलामा कोरोनाको संक्रमण पुष्टि भएपछि हाल टेकु अस्पतालमा भर्ना गरिएको छ ।
यसैगरी भक्तपुरमै मंगलबार कोरोना पुष्टि भएका अर्का एक जना पूर्वमन्त्री भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान हुन् । उनलाई पनि टेकुमा भर्ना गरिएको छ भने परिवारका अन्य सदस्यको पीसीआर टेस्टको तयारी गरिएको छ ।
नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
(यसअघि, ती युवती नर्स भएको भनिएपनि त्यसलाई सच्याइएको छ । उनि आरोग्य फाउन्डेसनमा एकाउन्टेन्टको रुपमा कार्यरत थिइन् ।) -सं
सम्बन्धित खबर
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
दसैं मान्न गाउँघर गएकाहरू फर्किन थाले, शहरबजारमा बढ्यो चहलपहल
आगामी मङ्गलबारदेखि एक हप्ता देशभर झरीको सम्भावना
यो पनि पढौँ
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
६ हजार ३ सयभन्दा बढी यात्रुले लिए सेवा, उडानको समय तालिका परिवर्तन, सन् २०२७ सम्म बुकिङ खुला