काठमाडौं । नेपाली स्वामित्वको अग्रणी इकमर्स कम्पनी सस्तोडिल डटकम (sastodeal.com) र नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिच ब्यापार साझेदारी भएको छ। यस साझेदारी सँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको इकमर्स सेवा सस्तोडिलले हेर्ने भएको हो ।
निजि इकमर्स कम्पनीसंग नेपाल सरकारले पहिलोपटक ब्यापार साझेदारी गरेको छ। नेपाली इकमर्स क्षेत्रमा यो ऐतिहासिक साझेदारी हो ।
साझेदारी सँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मुल्यका सामग्री ग्राहकले घरमै पाउने भएका छन् ।
साथै होम डेलिभरी नि:शुल्क रहेको सस्तोडिल डटकमका निर्देशक एवम् सिइओ अमुन थापाले जानकारी दिए ।
कोभिड१९ को महामारीले गर्दा लकडाउन सुरु भए सँगै इकमर्स कम्पनिको माग ह्वात्तै बढेको थियोे ।
यसै सन्दर्भमा सरकारले इकमर्स सेवा सुरु गरेको थियो ।
सो सुरुवात सँगै सहकार्यको प्रयास गरिएको र विभिन्न चरणमा तयारी गरि कामको मोडालिटी बनाएर सम्झौता गरिएको थापाले बताए।
मोडालिटी अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सस्तोडिलको वेसाइटमा भेन्डरको रुपमा समेटिएको छ।
ग्राहकले सस्तोडिलको वेबसाईट वा मोबाइल एप प्रयोग गरि अर्डर गर्न सक्नेछन् ।
हाल दाल, चामल, नुन, डीडीसीका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ।
तत्काललाई काठमाडौ उपत्यकाको चक्रपथ भित्र मात्र डेलिभरी हुने बताइएको छ ।
अर्डर गरेको एक दिन भित्रै डेलिभरी हुने र कम्तीमा दुई हजार देखि बढिमा पाँच हजार समको अर्डर गर्न सकिने छ।
सम्बन्धित खबर
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
पोखरामा पैदल यात्रीलाई दु:ख दिने तथा प्रहरी विरुद्ध अभद्र व्यवहार गर्ने एकजना पक्राउ
वैदेशिक रोजगारका नाउँमा ठगी धन्दा, झन्डै ५ करोड ठगी गरेको आरोपमा ६ जना पक्राउ
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
कुटपिट गरी हत्या गरेको १७ वर्षपछि एकै गाउँका ५ महिला पक्राउ
पोखरामा पेस्तोल सहित एक व्यक्ति पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग