पोखरा । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले आफ्ना पदाधिकारी र साधारण सदस्यहरुको कोरोना बीमा गरेको छ । फ्रन्टलाइनमा रहेर काम गर्ने आफ्ना सदस्य पत्रकारहरुको ख्याल राख्दै संस्थागत रुपमा उनीहरुको बीमा गरिएको संघले जनाएको छ ।
शिखर इन्स्योरेन्स लिमिटेडमार्फत संघमा आबद्ध पत्रकारहरुको बीमा गरिएको हो । ‘अहिलेको समयमा पत्रकारहरु फ्रन्टलाइनमा रहेर समाचार सम्प्रेशण गरिरहेको अवस्था हो । र, यस्तो अवस्थामा उनीहरुको अवस्थालाई विशेष ध्यान दिँदै हामीले संस्थागत रुपमा बीमा गर्ने निर्णय गरेका हौँ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्कीका अध्यक्ष अरुण गिरीले भने ।
कोरोना बीमाका लागि संघ र शिखर इन्स्योरेन्स लिमिटेड कास्की शाखाबीच सहमती भएको थियो । ‘यो सिमित समयका लागि हुने बीमा हो । र, बीमा भैसकेपछिको अवस्थामा कोरोना संक्रमण देखिएमा त्यस्ता व्यक्तिलाई कम्पनीले १ लाख रुपैयाँ उपलब्ध गराउनेछ ।’ शिखर इन्स्योरेन्स लिमिटेडका कास्की शाखा प्रमुख शिव सुवेदीले बताए ।
पत्रकारहरुको बीमाका लागि पोखरा नेपाल–यूके फाउन्डेशनका जगत गुरुङ र भीम महेन्द्र गुरुङले आर्थिक सहयोग गरेका हुन् । ‘हामी बिदेशमा रहँदै गर्दा पनि नेपालको अवस्थाको बारेमा जानकार छौँ । र, कोरोनाको बेलामा पनि पत्रकारहरु फ्रन्टलाइनमा रहेर पत्रकारिता गरेको हामीले देखिरहेकै छौँ ।’ यूकेबाट सहयोगदाताहरु जगत र भीम महेन्द्रले भने–‘त्यसैले हामीले पत्रकारहरुका लागि आफूहरुको तर्फबाट केही सहयोगी हात अगाडि बढाएका हौँ ।’
आर्थिक सहयोगदाता जगत गुरुङ र भीम महेन्द्र गुरुङ पोखराका स्थानिय हुन् । लामो समयदेखि यूकेमा रहेर कर्म गरिरहेका यी दुईले विभिन्न सामाजिक अभियानहरु संचालन गर्दै आएका छन् । उनीहरुकै पहलमा चलचित्र पत्रकार संघ नेपाल, कास्कीले यसअघि पोखरा नेपाल–यूके फाउन्डेशनसँग सहकार्य गरि लकडाउनको कारण समस्यामा परेका परिवारलाई खाद्यान्न वितरण समेत गरिसकेको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार