तनहुँ । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ थपिएका मध्य तनहुँका १२ जना, नवलपुरका १८ जना, गोरखाका ११ जना र मनाङका १ जना गरि गण्डकी प्रदेशका ४२ जनामा बिहिबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ ।
गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा समेत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मनाङको १ जना कपिलबस्तुबाट फर्किएका हुन ।
अरु सबै भारतबाट फर्किएका व्यक्ति हुन । अहिले सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन ।
गण्डकीको मुस्ताङ बाहेक अन्य १० जिल्लामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
तनहुँमा संक्रमितको संख्या २३ पुग्यो
तनहुँमा थपिए १२ जना संक्रमित मध्ये ऋषिङ गाउँपालिका ७ जना, भानु नगरपालिका ४ जना र शुक्लागण्डकी नगरपालिकाका १ जना रहेका छ ।
योसंगै तनहुँमा संक्रमितको संख्या २३ पुगेको छ । जसमध्य २ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो पनि:
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो