गोरखा । गोरखाका ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । गोरखाको गण्डकी गाउँपालिका र गोरखा नगरपालिकामा गरि ९ संक्रमित निको भएर घर फर्केको निर्देशनालयले जनाएको छ ।
गण्डकी गाउँपालिकामा ५ पुरुष र गोरखा नगरपालिकामा ३ पुरुष, १ महिला गरि ९ जना निको भएर घर फर्केका हुन् । यो सँगै गण्डकी प्रदेशमा निको भएर घर फर्किनेको संख्या १०१ पुगेको छ ।

अहिलेसम्म गण्डकी प्रदेश २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
त्यस्तै गण्डकी प्रदेशमा आज २५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ४ जिल्लामा २५ नयाँ संक्रमित थपिएका हुन् ।
तनहुँमा २, स्याङ्जामा १, बागलुङमा १ र नवलपुरमा २१ गरि २५ नयाँ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
आज थपिएका संक्रमितमध्ये तनहुँको व्यास नगरपालिकामा २ पुरुष, स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा २८ वर्षीय एक पुरुष र बागलुङको बरेङ गाउँपालिकामा २३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरि, नवलपुरको गैडाकोटमा ७ पुरुष, कावासोतीमा १२ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ७९२ पुगेको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह