पोखरा,
बरदान अनलाइन स्टोरले आफ्नो सेवा शुभारम्भ गरेको छोटो समयमै शाखा विस्तार गरेको छ । बरदानले सोमबारदेखि औपचारिकरुपमा चितवनबाट आफ्नो सेवा शुभारम्भ गरेको हो ।
चितवनको हाकिमचोकबाट बदरदानको सेवा शुभारम्भ गरिएको शाखा प्रमुख कुशल बरालले जानकारी दिए । उनका अनुसार शाखा शुभारम्भ भए पनि केही प्राविधिक काम बाँकी रहेकाले केही दिनपछि मात्रै सेवा सञ्चालन गरिनेछ ।

पोखरामा प्रधान कार्यालय रहेर गत वैशाखदेखि बरदानले सेवा शुभारम्भ गरेको थियो । यसले विशेषगरि दैनिक उपभोग्य सामान होमडेलिभरी गर्ने गर्दछ । विश्वमा फैलिएको कोरोना भाइरस महामारी र त्यसले सिर्जित गरेको लकडाउनलाई मध्यनजर गर्दै बरदानले अनलाइन स्टोरले सञ्चालन गरेको हो ।
ग्राहकले वरदानको वेभसाइट www.bardanstore.com मार्फत सामान अर्डर गर्न सक्नेछन् । यस्तै पोखराका ग्राहकले मोबाइल नम्बर ९८०२०९६२७७ मा र चितवनका ग्राहकले ९८५५०५०३४३ र ९८४५५१७३९८ मा सम्पर्क गरी सेवा लिन सक्नेछन् ।
कम्तिमा एक हजार रुपैँया माथिको सामान अर्डर गरेमा फ्रि होम डेलिभरी गरिदिने स्टोर्सका सञ्चालक सन्जिव पौडेलले जानकारी दिए । उनका अनुसार एक हजार भन्दा कम शुल्क बराबरको सामान अर्डर गरेमा ग्राहकले एक सय रुपैँया डेलिभरी शुल्क स्वरुप बुझाउनु पर्नेछ ।
सञ्चालक पौडेलले अहिले शुरुआती चरण भएकाले दैनिक उपभोग्य ग्रोसरी र केही इलोक्ट्रोनिक्स सामान होम डेलिभरि गर्न लागिएको र आगामी दिनमा अरु सामानको पनि डेलिभरि गरिदिने बताए ।
होम डेलिभरि गर्दा सुरक्षित तरिकाले गरिने पनि पौडेलले बताए । उनका अनुसार सामान घरसम्म पु¥याउने बेला प्रोटेक्टिभ सामाग्री प्रयोग गरिने छ । यस्तै सामानलाई छोप्ने प्लास्टिकलाई समेत स्यानिटाइज गरिने छ ।
समान अर्डर गरिसकेपछि उपभोक्ताले इसेवा, खल्ती, फोनपे तथा मोबाइल बैंकिङ सेवा मार्फत पनि भुक्तानी गर्न सक्नेछन् सक्नेछन् । वरदान अनलाइन स्टोर्सले वोस कार्डको समेत सुविधा दिएको छ ।
जसमार्फत कार्ड होल्डरले पोखराका केही निश्चित होटल रेष्टुरेन्ट तथा अन्य ठाउँमा आंशिक छुट प्राप्त गर्दछन् । बरदानले पछिल्लो समयमा समान खरिद गरेर फोनपे र इसेवाबाट भुक्तानी गर्ने ग्राहकलाई पाँच प्रतिशत क्यास ब्याक समेत दिने गरेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान