पोखरा । गण्डकी प्रदेशमा थप १५ जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ७ जिल्लामा कोरोनाका १५ संक्रमित थपिएका हुन् ।
आइतबार थपिएका संक्रमितमध्ये तनहुँमा ६, पर्वत र बालुङमा २, २ जना, नवलपुर, स्याङ्जा र गोरखामा १, १ जना । यसैगरि लमजुङमा २ जना संक्रमित थपिएका छन् ।
तनहुँमा थपिएका संक्रमितमध्ये व्यास नगरपालिकामा १, ऋषिङ गाउँपालिकामा ३, शुक्लागण्डकी नगरपालिकामा १ र भानु नगरपालिकामा १ रहेका छन ।
यसैगरि, पर्वतको महिला र फलेबासमा गरि २ संक्रमित थपिएका छन् । बागलुङको जैमनी र ढोरपाटनमा दुई संक्रमित थपिएका छन् । नवलपुर मध्यबिन्दुमा १ महिला संक्रमित थपिएकी छिन् । स्याङ्जाको भिरकोटमा १ र गोरखाको सिरानचोकमा एक जना संक्रमित थपिएका छन् ।
लमजुङको मध्यनेपाल र बेशिसहरमा एक एक जना संक्रमित थपिएका छन् । उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यो सँगै प्रदेशको कुल संक्रमिको संख्या ११९२ पुगेको छ । त्यस्तै, गण्डकी प्रदेशमा निको भएर डिस्चार्ज हुनेको संख्या ७३६ पुगेको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १५ जना संक्रमित थपिएका हुन् ।
सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
कोरोला नाकामा पहिलो पटक बत्ती बल्यो
गण्डकी मुख्यमन्त्री अधिकारीले २३ गते ३ बजे विश्वासको मत लिँदै
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
कुश्मा वडा नं. २ मा ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम प्रभावकारी
स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग