कपडा र मोवाइल किनारमा राखेर पर्वतका एक पुरुष कालिगण्डकीमा बेपत्ता

कपडा र मोवाइल किनारमा राखेर पर्वतका एक पुरुष कालिगण्डकीमा बेपत्ता

kali-gandakii

पर्वत – पर्वतको विहादीमा एक पुरुष कालिगण्डकी नदीमा वगेर वेपत्ता भएका छन् ।

शुक्रबार अन्दाजी १ बजेको समयमा जिल्लाको विहादी गाउँपालिका वडा नं -४ बस्ने ४२ वर्षका बिष्णु प्रसाद भुषाल आफ्नै घरदेखि अन्दाजी ३ किलोमिटर टाढा रहेको कालिगण्डकी नदीमा बगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

भुषालले आफुले लगाएको टिसर्ट, कट्टु र मोवाइल नदी किनारमा राखेर गण्डकीमा बेपत्ता भएको स्थानीयलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

घटनास्थलमा खटिएको प्रहरीको टोलीले अहिले खोजीकार्य शुरु गरिसकेको जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds