स्याङ्जामा खटिएर पोखरा फर्किएका थप ३ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीन दिन अघिमात्र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ७ का २३ देखि ३६ वर्ष उमेर समूहका १६ जना पुरुषमा संक्रमण देखिएको थियो ।
स्याङ्जामा खटिएर पोखरा फर्किएका प्रदेश सशस्त्र प्रहरी गणका २२, २३ र ३५ वर्षका पुरूषमा संक्रमण पुष्टि भएको हो ।
आज शनिबार मात्र कास्कीमा १६ संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालायले जारी गरेको शनिबार बिहाना १० बाजेको पहिलो अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका ३ जना कोरोना पुष्टि भएको र १ घण्टा नबित्दै जारी गरेकाे बिहान ११ बजेकाे दाेस्राे अद्यावधिक विवरण अनुसार प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका १३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ८६८ पुगेको छ ।
सम्बन्धित खबर
प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन
लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार
‘सबै जलविद्युत आयोजनाले खोलामा कम्तिमा १० प्रतिशत पानी अनिवार्य छाड्नुपर्छ’
मदन–आश्रितको सम्झनाः पोखराको स्मृति पार्कमा माल्यार्पणसँगै सरसफाई, जबजको विशेषताबारे विवेचना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान गर्न प्रोत्साहन प्याकेज
पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग