गण्डकी प्रदेशमा आज पोखराका ५ जना सहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो पटक पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सी विभागमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।
३९ वर्षीय उक्त पुरुष स्वास्थ्यकर्मी प्रतिष्ठानको इमर्जेन्सी विभागमा कार्यरत रहँदै आएको र उनको सोही प्रतिष्ठानको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो । केहीदिन देखि होटल क्वारेन्टाइनमा रहेका उनलाई अहिले प्रतिष्ठानको आइसोलेसन कक्षमा लगिएको छ ।
यस्तै, दिउँसो जारी भएको दोस्रो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिका वडा नं १६ का ४० वर्षिय पुरुष र ३१ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो । वडा नं १६ का ४० वर्षिय पुरुष ट्याक्सी चालक रहेको निर्देशनालयले जनाएको छ ।
यस्तै, नवलपरासी पुर्वका विनय त्रिवेणी नगरपालिका वडा नं १ का ९, ४३ र ६५ वर्षका पुरुष र सोही नगरपालिकाको २८, ३६ र ४९ वर्षिया महिला गरि ६ जनामा कोरोना पुष्टि भएको छ । गोर्खाका २८ वर्षिय पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
आजै बिहान पोखराका २ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनीह पोखराको कास्की सेवा हस्पिटलको आईसीयू कक्षमा उपचाररत एक जना बिरामी र एक नर्स रहेको खुलेको छ ।
भदौ २ गते राति कोरोना संक्रमित तनहुँकी ५० वर्षकी महिलाको मृत्यु भएपछि अस्पतालका ५२ जनाको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये आइतबार स्टार्फ नर्स र आईसीयूमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगर स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यले जानकारी दिए ।
तनहुँकी महिलाको मृत्यु भएपछि आईसीयूमा सारेर उपचार गरिएको महिलामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । नर्सलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ भने आइसीयूमा उपचाररत महिलालाई पोखरा विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८८० पुगेको छ । गण्डकी प्रदेशमा गत २४ घण्टामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५० र क्षयरोग उपचार केन्द्र पोखरामा ३६३ गरी कुल ४१३ नमुना परिक्षण भएको छ ।



सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन