पोखरा – कास्की प्रहरीले अवैध जुवा तास खेलिरहेका ५ जनालाई नगद रु एक लाख छत्तिस हजार एक सय सत्तरी रुपैयाँ सहित पक्राउ गरेको छ ।
विशेष सुचनाका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका वडा नं -१४ खसीबजारबाट ५ जनालाई उक्त नगद रुपैयाँ सहित पक्राउ गरेको कास्कीका डिएसपी तथा प्रहारी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार पोखरा -१४ खसीबजार स्थित चन्द्र बहादुर श्रेष्ठको घरमा बस्ने जित बहादुर कुँवरले संचालन गर्दै आएको जित रियलस्ट्रिक एण्ड हाउजिङ प्रा.लिको कोठाबाट उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा पोखरा -१३ मियाँपाटन बस्ने बर्ष ४२ का जीवन नेपाली, पोखरा -१३ बाझापाटन बस्ने बर्ष ३५ का ओम बहादुर नेपाली, पोखरा -१० रामबजार बस्ने बर्ष ५४ का देविलाल तिमिल्सिना, चितवन भरतपुर घर भइ हाल पोखरा -१४ बीपी मार्ग बस्ने बर्ष ४० का कृष्णहरी दवाडी र तनहुँ जिल्ला भिमाद नगरपालिका -२ घर भइ हाल पोखरा -१४ चाउथे बस्ने बर्ष ४० का ओम बहादुर आले रहेका छन् ।
पक्राउ परेका उनीहरु विरुद्ध आवश्यक कानुनी कारवाही अगाडी बढाइएको प्रहरीले बताएको छ ।
सम्बन्धित खबर
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस