गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६६० पुगेको छ । मंगलबार गोरखामा १० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराको तेस्रो अपडेट अनुसार यहाँका चार पालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा गोरखा नगरपालिकाका ५ जना छन् । जसमा पाँच बर्षका, २२ बर्षका, २३ बर्षका पुरुष तथा ६५ र २५ बर्षीया महिला रहेको बताइएको छ । उनीहरु सबै शनिबार कोरोनाबाट मृत्यु भएकी बृद्धाको कन्ट्यक्ट ट्रेसिङ्गमा परेका थिए ।
त्यस्तै, बारपाक सुलिकोट गाउँपालिकाका तीन जनामा पनि संक्रमण पुष्टि भएको छ । जसमा ३० बर्षका पुरुष तथा २४ र ४६ बर्षिया महिला रहेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
भीमसेन थापा गाउँपालिका ३ का ७० बर्षका पुरुष एक जना र सिरानचोक गाउँपालिका ६ का १७ बर्षीय एक युवक रहेको स्वास्थ्य निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए ।
कन्ट्याक ट्रेसिङमा परेका ४४ जनामध्य अहिलेसम्म ३५ जनाको रिपोर्ट आइसकेको छ । नौ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पर्वतको जलजलामा दम्पती हत्याकाण्ड: दुई आरोपी प्रहरीद्वारा सार्वजनिक
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
पोखरामा अवैध लागु औषधसहित २ जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग