पोखरा । सोमबार पोखरामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको सोमबारको पहिलो अद्यावधिक विवरण अनुसार पोखराका ६ वडाका १७ जनासहित गण्डकी प्रदेशमा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नम्बर ४ का ४५, ३७, २४, २९, २३ वर्षीय पुरुष, पोखरा वडा न.१७ का ३३, २७, २४ वर्षीय पुरुष, पोखरा वडा न.३३ का २३ वर्षीय पुरुष, पोखरा वडा न.१४ का २८, २५, ३७ वर्षीया महिला तथा २६, ४६, ६ वर्षीय पुरुष, पोखरा वडा न. ७ का ४४ वर्षीय पुरुष, पोखरा वडा न.८ का २१ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका- ४ र १७ का ७ जना कार्यरत प्रहरी हुन् । पोखरा महानगरपालिका- ३३ का २३ बर्षीय पुरुष, १४ का ३६ बर्षीय पुरुष, १७ का २७ बर्षीय पुरुष भारतबाट र ७ का ४४ बर्षीय पुरुष जापानबाट आई क्वारेन्टाइनमा बसेका थिए ।
महानगरपालिका- ८ का २१ बर्षीय महिला पोखरा महानगरपालिमा कार्यरत स्वास्थ्यकर्मी हुन ।
सम्बन्धित खबर
लेकसाइडको स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाको उद्धार
‘सबै जलविद्युत आयोजनाले खोलामा कम्तिमा १० प्रतिशत पानी अनिवार्य छाड्नुपर्छ’
मदन–आश्रितको सम्झनाः पोखराको स्मृति पार्कमा माल्यार्पणसँगै सरसफाई, जबजको विशेषताबारे विवेचना
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान गर्न प्रोत्साहन प्याकेज
पोखरामा खुकुरी प्रहार गरी फरार भएका २ जना पक्राउ
पोखरामा लागुऔषध गाँजा सहित एक जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग