स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार कास्कीको पोखरा महानगरका ५ जनासहित गण्डकी प्रदेशमा थप ५२ जना (गोरखाकी मृतकसहित) मा कोरोना भाइरस देखिएको जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १६ पुगेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयले आज जारी गरेको पहिलो विवरणमा पोखराका ३ जनासहित गण्डकीमा ४७ जनामा पुष्टि भएको थियो । पोखराको मेट्रोसिटीमा कार्यरत ३२ वर्षीया सफाई कर्मचारी, नमुना परिक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका पोखरा १ र १४ का ४५ र १८ वर्षीय पुरुष तथा प्रतिष्ठान मै उपचारत तनहुँ शुक्लागण्डकी १० को २३ बर्षीया महिलामा कोरोना पुष्टि भएको जनाएको हो ।

त्यसैगरी, तनहुँ शुक्लागण्डकी कै थप ४ पुरुष, ३ महिला तथा देवघाट २ का २ वर्षीय पुरुष , गोरखा शहिदलखन ३ की १० वर्षीया बालिका, मनाङ नासाकी २३ वर्षीया महिला, लमजुङ बेशीसहर स्थित मोडल अस्पतालमा उपचाररत ७० बर्षीय पुरुष, स्याङ्जाको वालिङ, पुतलीबजार र आँधीखोलाका ७ पुरुष तथा ५ महिला एवं नवलपुरको गैँडाकोट, मध्यबिन्दु र बौदिकालीकाका १२ पुरुष र ८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

दोस्रो अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ४ जना संक्रमित पुष्टि भएको छ । पोखराकै २ जना थपिएका हुन् । अघिल्लो विवरणसहित पोखरामा ५ जना पुगेका छन् । पोखरा वडा नंं १० का एक पुरुष र वडा नं. ३५ की एक महिलामा पुष्टि भएको छ ।
गोरखा र स्याङ्जाका एक एक जनामा पोजिटिभ देखिएको छ । गोरखा गाउँपालिकाका २० वर्षीय पुरुष र स्याङ्जा गल्याङका ३३ वर्षीय पुरुषमा कोरोना देखिएको छ ।

पोखराको मनिपालमा नयाँबजारका कोरोना संक्रमितको मृत्यु
पोखराको मनिपाल अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं. ९ नयाँबजारका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको गएराति सवा ११ बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
भदौ २५ गते अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना पुष्टि भएको थियो । स्वाब परीक्षणपश्चात पोजिटिभ नतिजा आएपछि उनको आइशोलेसनमा उपचार भइरहेको थियो । नेपाली सेनाको टोलीले शव व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको बुझिएको छ ।
योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिकाका एक र मादी गाउँपालिकाका एक जनाको ज्यान गएको छ ।
गोरखाकी महिलाको काठमाण्डौमा मृत्यु
गण्डकी प्रदेशमा मृतकको संख्या ३१ पुगेको छ । आजै गोरखामा पनि एक मृतक थपिएका छन् । बारपाक सुलिकोट ८ घर भएकी ६३ वर्षीया महिलाको सोमबार राति वीरेन्द्र अस्पताल छाउनीमा कोरोनाबाट ज्यान गएको आज पुष्टि गरेको हो । भदौ २५ गते कोरोना संक्रमण पुष्टि भएको उनलाई क्यान्सर रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

मृत्यु हुनेमा कास्कीका १०, गोरखाका ६, नवलपुरका ५, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १, १ जना छन् ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा