गण्डकी प्रदेशमा बुधवार बिहान चार जिल्लाका ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। नयाँ संक्रमितहरुमा कास्कीका २९ जना, गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जना रहेका छन् ।योसँगै प्रदेशमा संक्रमितहरूको कुल संख्या तीन हजार १६६ पुगेको छ।
नयाँ संक्रमितमा कास्की जिल्ला, पोखरा महानगरपालिका.४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् । त्यस्तै वडा नम्बर १५ का ४० बर्षका २ जना पुरुषहरु, वडा नम्बर २७ का २८ बर्षीय पुरुष, वडा नम्बर ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।
त्यसैगरी रुपा-१ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै वडा नम्बर १ का २५ बर्षीय महिला पृथ्वीचोकस्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् ।
त्यस्तै तनहुँ जिल्ला, घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै बाग्लुङ जिल्ला, गल्कोट-३ र बाग्लुङ-१ का क्रमश: ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् । अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८९५ रहेको छ भने निको हुने दर ५९.९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या १२ सय ४० रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
राष्ट्रिय सभामा पनि मागियाे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा