पोखरा –पोखरामा आज बुधबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य निर्देशनालयको पहिलो, दोस्रो र तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका एकैदिन १३ वडाका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
- पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका २८ सहित कास्कीमा २९ जनामा कोरोना पुष्टि
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा- ८ का ४२ र ४१ वर्षीय पुरुष र ४० वर्षीया महिला, पोखरा -५ का २२ वर्षीय पुरुष, पोखरा ११ का १६, १०, २९, ५७ वर्षीय पुरुष सहित २४ वर्षीया महिला, पोखरा- २७ का ३३, २३, ३४ र २८ वर्षीय पुरुष र पोखरा- ४ का ४७, २४, २७, २९, २३, २५, २६ र २८ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै पोखरा-१५ का ४० वर्षीय दुई जना पुरुष, पोखरा- १० का १८ वर्षीया महिला र ९ वर्षीय बालक, पोखरा- ९ का ४४ वर्षीय पुरुष, पोखरा- १ का २५ वर्षीया महिला, पोखरा- ६ का २१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
आज पुष्टि भएका संक्रमित मध्ये पोखरा- ४ का ८ जना पुरुष नेपाल प्रहरीमा कार्यरत, पोखरा १५ का ४० वर्षीय दुई जना पुरुष, पोखरा २७ का २८ वर्षीय पुरुष र पोखरा ६ का २१ वर्षीय पुरुष हालै मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । भने, पोखरा १ का २५ वर्षीया महिला पृथ्बीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेको बुझिएको छ ।

- दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका ३ जनामा कोरोना पुष्टी
स्वास्थ्य निर्देशनालयको दोस्रो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा पोखरा माहानगरपालिका ३ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित हुनेमा पोखरा माहानगरपलिका ६ का ३१ र २७ वर्षीय पुरुष हुन् ।
उनीहरु पर्यटक प्रहरीमा कार्यरत गर्दै आईरहेका थिए । अर्का संक्रमित पोखरा माहानगरपालिका ४ का ३८ वर्षीय पुरुष हुन् । पुतलीबजार स्याङजा स्थायी ठेगना भई हाल पोखरामा पत्रकारीता गर्दै आएका थिए ।

- तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ४ का २२ वर्षीय पुरुष, पोखरा १४ का ३० वर्षीय पुरुष, पोखरा १० का ४६ वर्षीया महिला र २४ वर्षीय पुरुष, पोखरा १७ का २१ वर्षीय पुरुष र पोखरा २५ का २१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।
संक्रमित मध्ये पोखरा ४ का एकजना पुरुष नेपाल प्रहरीमा कार्यरत, पोखरा १७ र २५ का २ जना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने, अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन्।

कास्कीमा हालसम्म ६९२ संक्रमित फेला परेको छ, जसमध्य २४० जना निको भएर घर फर्किसकेको छन् भने सक्रीय् संक्रमित ४४१ रहेको छ । कास्कीमा अहिले सम्म ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३ हजार १ सय ७८ पुगेको छ । यसमध्ये मृत्यु संख्या ३१ छन् । १ हजार ९ सय ७८ जना निको भइसकेका छन् । १ हजार २ सय १२ जना सक्रिय संक्रमित छन् । गण्डकीमा ६०.८८ प्रतिशत निको भएका हुन् ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा