पोखरा । पोखरामा अहिलेसम्मकै धेरै संक्रमित आज फेला परेका छन् । पोखरामा बिहीबार एकैपटक ६६ जना कोरोना संक्रमित थपिएका छन । आज दिउँसो ४:१५ बजेसम्ममा ७४ जनालाई कोरोना पुष्टि भइसकेको छ ।
अहिलेसम्मको तथ्यांक अनुसार यो अहिलेसम्म कै उच्च संख्या हो । पछिल्लो तेर्स्रो विज्ञप्ति अनुसार कास्कीमा थप ६६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणका क्रममा ७४ जना कोरोना संक्रमित फेला परेका हुन् ।
जसमा पोखरा महानगरपालिका-१५ का ३९ जना पुरुषहरु र १ जना महिला नेपाल प्रहरीमा कार्यरत छन् ।त्यसैगरी पोखरा महानगरपालिका-८ का ३९ वर्षीय, १४ का ३५ वर्ष, १७ का ३७ वर्ष र २९ का ४० वर्षका गरी चारजना भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्तिहरु रहेका छन् । अन्य ३० जना व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशनालयले जनाएको छ ।
संक्रमित देखिएका सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेकोसमेत जनाइएको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार २८० पुगेको छ । 

सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते