शनिबार पोखरामा थपिए ७ वडाका १३ कोरोना संक्रमित

शनिबार पोखरामा थपिए ७ वडाका १३ कोरोना संक्रमित

Pokhara valleyy

शनिबार पोखराका थप १३ जनामा कोरोना संक्रमण भेटिएको छ । शनिबार स्वास्थ्य निर्देशनालयको दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा- ४ का ४०, १८, ४१ वर्षीय पुरुष त्यस्तै ७१ वर्षीया महिला, पोखरा- ७  का ४७ वर्षीय पुरुष, पोखरा-८ का ३५, २८, २८ वर्षीय पुरुष, पोखरा- ३० का २१ वर्षीय पुरुष, पोखरा- १२ का ५४, २४ वर्षीया महिला, पोखरा-२७ का २९ वर्षीय पुरुष, पोखरा-६ का३४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३४०२पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ