घाँस काटेर फर्कंदै गर्दा खोलाले वगाएर किशोरी बेपत्ता

घाँस काटेर फर्कंदै गर्दा खोलाले वगाएर किशोरी बेपत्ता

trishuli-river-

बाग्लुङ –  बाग्लुङमा खोलाले बगाएर एक किशोरी बेपत्ता भएकी छन् ।

जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ राशिवाङ बस्ने गौडे सुनारको १३ वर्षीया छोरी आशा सुनारको घर नजिकैको खोलाले बगाएर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार जंगलबाट घाँस काटेर फर्कंदै गरेकी उनलाई स्थानीय उत्तरगङ्गा खोलाले बगाएको हो ।

घटना शुक्रबार अपराहन्नको भएपनि आइतबार मात्र प्रहरीलाई जानकारी प्राप्त हुनासाथ खोजतलासका लागि प्रहरीको टोली खटिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds