गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ४ सय ३९ पुगेको छ । आज आइतबार स्वास्थ्य निर्देशनालय गण्डकीले तिन विज्ञप्तीमार्फत् गण्डकीमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । पोखरामा १८ जना थपिएका छन् ।
स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप ५ र माछापुच्छ्रेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा( १२ का २२ वर्षीय पुरुष, पोखरा- १० का ३६ वर्षीय पुरुष, पोखरा-८ का १७ वर्षीया महिला, पोखरा( २५ का २६ वर्षीय पुरुष, पोखरा- ५ का ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
त्यस्तौ क्षयरोग उपचार केन्द्र पोखरामा कास्की माछापुच्छ्रे-३ का ५७ बर्षीय पुरुष मा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य निर्देशनालयको दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । आज बिहान समेत पोखरामा ५ तथा माछापुच्छे गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर ७ मा कार्यरत ६ जना प्रहरीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा वडा नम्बर ६ का २५ वर्षीय १ महिला र ४४ वर्षीय १ पुरुष, ७ का ३८ वर्षीय पुरुष, वडा नम्बर १७ का २७ वर्षीय महिला तथा ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा २२ का २२ वर्षीय पुरुष र २३ का ४४ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङमा १५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सुन्दरबजार नगरपालिकाका हुन् ।
तनहुँका २ जनालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित १२ वर्षीय बालिका तथा २१ वर्षीय महिला हुन् ।
तेस्रो अद्यावधिक विज्ञप्ति अनुसारपोखराका १ जनामा कोरोना पुष्टी
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा