गण्डकी प्रदेशमा कोरोना सङक्रमितको सँख्या ३ हजार ४ सय ३९ पुगेको छ । आज आइतबार स्वास्थ्य निर्देशनालय गण्डकीले तिन विज्ञप्तीमार्फत् गण्डकीमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । पोखरामा १८ जना थपिएका छन् ।
स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप ५ र माछापुच्छ्रेका १ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा( १२ का २२ वर्षीय पुरुष, पोखरा- १० का ३६ वर्षीय पुरुष, पोखरा-८ का १७ वर्षीया महिला, पोखरा( २५ का २६ वर्षीय पुरुष, पोखरा- ५ का ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
त्यस्तौ क्षयरोग उपचार केन्द्र पोखरामा कास्की माछापुच्छ्रे-३ का ५७ बर्षीय पुरुष मा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य निर्देशनालयको दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । आज बिहान समेत पोखरामा ५ तथा माछापुच्छे गाउँपालिकाका १ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर ७ मा कार्यरत ६ जना प्रहरीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा वडा नम्बर ६ का २५ वर्षीय १ महिला र ४४ वर्षीय १ पुरुष, ७ का ३८ वर्षीय पुरुष, वडा नम्बर १७ का २७ वर्षीय महिला तथा ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा २२ का २२ वर्षीय पुरुष र २३ का ४४ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङमा १५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको सुन्दरबजार नगरपालिकाका हुन् ।
तनहुँका २ जनालाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित १२ वर्षीय बालिका तथा २१ वर्षीय महिला हुन् ।
तेस्रो अद्यावधिक विज्ञप्ति अनुसारपोखराका १ जनामा कोरोना पुष्टी
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ