बाग्लुङ – तमानखोला गाउँपालिका-२ बुङखानीबाट ११ नाल भरुवा बन्दुक र २ नाल बन्दुक बनाउन प्रयोग हुने सामग्री सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तमानखोला गाउँपालिका-२ बुङखानी बस्ने ६४ वर्षीय भिम बहादुर कामी, ४१ वर्षीय सुरेश रसाईली, २९ वर्षीय मोती प्रसाद रसाईली, ४६ वर्षीय धन बहादुर छन्त्याल, २१ वर्षीय नकुल रसाईली, २८ वर्षीय तुला सिंह छन्त्याल, ३१ वर्षीय भुपाल छन्त्याल, ६६ वर्षीय गुनवीर छन्त्याल, ४५ वर्षीय जाल बहादुर छन्त्याल र ६० वर्षीय भान बहादुर रसाईली रहेका छन् ।
उनीहरुले आ-आफ्नो घरमा अबैध रुपमा हातहतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरीले तलासी गर्दा लुकाई राखिएका उक्त हतियार सहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
सम्बन्धित खबर
बागलुङको अमलाचौर र नारायणस्थानका विद्यालयमा शैक्षिक सामाग्री वितरण
बागलुङको ढोरपाटनमा जीप दुर्घटना हुँदा १६ जना घाइते
बागलुङमा आगलागी हुँदा दुई घर जलेर नष्ट
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु
बागलुङमा आगलागीबाट ४ घरगोठ जलेर नष्ट
बागलुङमा रुखबाट खसेर एक जनाको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग