पोखरा – स्वास्थ्य निर्देशनालयद्वारा जारी बिहिबारको दोस्रो अद्यावधिक विवरण अनुसार गण्डकीमा थप १५ जना कोरोना संक्रमण पुष्टि भएको छ।
लाईफ केयर डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टर प्रा.लिमा गरिएको पीसीआर परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका ११ जना सहित तनहुँ जिल्लाका ४ जनामा कोरोंस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नं ४ का ३६ वर्षीय पुरुष र अर्का एक उमेर नखुलेकी महिलामा कोरोना पुष्टि भएको छ ।
यस्तै पोखरा – १० का १ वर्षीया वालिका सहित १० र १३ वर्षीया किशोरी, पोखरा – १७ का ५३ वर्षीय पुरुष, पोखरा – १२ का ३८ वर्षीया महिला, पोखरा – ११ का ३९ वर्षीया महिलार ४० वर्षीय पुरुष, पोखरा -३ का ४० वर्षीय पुरुष र पोखरा – २ का ६५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
उता तनहुँको भिमाद नगरपालिका -६ का ३७ वर्षीय पुरुष, भिमाद -८ का ६२ वर्षीय पुरुष, व्यास नगरपालिका -५ का ३६ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिका -४ का २७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विवरणमा उल्लेख छ । संक्रमितहरु सबै उक्त ल्यावमा कोरोना परीक्षणका लागि आएका हुन् ।
यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६ हजार २ सय ११ पुगेको छ ।

सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु