बेनी – म्याग्दीको मंगला गाउँपालिका -२ बाबियाचौर स्थित कच्ची सडकमा जिप दुर्घटना हुँदा जिपमा सवार १ जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान १० :५० बजे सोही गाउँपालिकाको लामपाटाबाट सल्यान तर्फ जाँदै गरेको प्र.२०३००१ च २५२ नंम्वरको बोलेरो जिप सडकबाट अन्दाजी ४०-५० मिटर तल खस्दा मंगला गाउँपालिका -२ बस्ने अन्दाजी १० -११ वर्षकी बालिका करिश्मा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यस्तै दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेहरु म्याग्दी मंगला गाउँपालिका -२ बस्ने वर्ष ४२ को चालक खोम बहादुर कटुवाल, सोही स्थान बस्ने अन्दाजी वर्ष ४० कि सुनिता क्षेत्री, अन्दाजी वर्ष ४५ कि सुकला के.सि, अन्दाजी वर्ष १० कि कृपा क्षेत्री र अन्दाजी वर्ष ३० का राजन जिसी रहेका छन् ।
घाइते मध्ये चालक खोम बहादुर कटुवाल र यात्रु सुनिता क्षेत्रीको अवस्था गम्भीर रहेको छ भने, अन्य सामान्य छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बेनी लगिएको छ ।
घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका बिषयमा अनुसन्धान शुरु गरेको जनाएको छ ।
सम्बन्धित खबर
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
प्रकृति र संस्कृतिको संगम तीनचुले : पूर्वाधार थपिँदै, पर्यटक पर्खिंदै
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
म्याग्दीमा भिरबाट लडेर वृद्धको मृत्यु
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो