बेनी – म्याग्दीको मंगला गाउँपालिका -२ बाबियाचौर स्थित कच्ची सडकमा जिप दुर्घटना हुँदा जिपमा सवार १ जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् ।
आइतबार बिहान १० :५० बजे सोही गाउँपालिकाको लामपाटाबाट सल्यान तर्फ जाँदै गरेको प्र.२०३००१ च २५२ नंम्वरको बोलेरो जिप सडकबाट अन्दाजी ४०-५० मिटर तल खस्दा मंगला गाउँपालिका -२ बस्ने अन्दाजी १० -११ वर्षकी बालिका करिश्मा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यस्तै दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइतेहरु म्याग्दी मंगला गाउँपालिका -२ बस्ने वर्ष ४२ को चालक खोम बहादुर कटुवाल, सोही स्थान बस्ने अन्दाजी वर्ष ४० कि सुनिता क्षेत्री, अन्दाजी वर्ष ४५ कि सुकला के.सि, अन्दाजी वर्ष १० कि कृपा क्षेत्री र अन्दाजी वर्ष ३० का राजन जिसी रहेका छन् ।
घाइते मध्ये चालक खोम बहादुर कटुवाल र यात्रु सुनिता क्षेत्रीको अवस्था गम्भीर रहेको छ भने, अन्य सामान्य छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बेनी लगिएको छ ।
घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका बिषयमा अनुसन्धान शुरु गरेको जनाएको छ ।
सम्बन्धित खबर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा