पोखरा । अनलाइनमार्फत खानेकुराहरुको डेलिभरी गर्ने प्लेटफर्म ‘फुडमान्डु’ को डाटा ह्याक गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ ।
फुडमान्डुको डाटा ह्याक गरेको आरोपमा नवलपरासी पश्चिम घर भई हाल काठमाडौ महानगरपालिका-२६ रानीबारी बस्ने १९ वर्षीय दिनेश तिवारी पक्राउ परेका ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।
‘अदालतबाट पक्राउ पुर्जी लिएर तिवारीलाई पक्राउ गरेका हौं,’ एसएसपी अर्यालले भने, ‘तिवारीमाथि थप अनुसन्धान भइरहेको छ ।’
फुडमान्डुको वेवसाइटका ग्राहकको व्यक्तिगत विवरण चोरिएको प्रकरणमा साइबर ब्यूराले अनुसन्धान थालेको थियो । फुडमान्डुको वेबसाइटमा साइबर आक्रमण हुँदा ५० हजार ग्राहकको व्यक्तिगत विवरण चारी गरेको कम्पनीले जनाएको छ ।
साइबर आक्रमण ह्याकरले केबल ग्राहकको व्यक्तिगत विवरण चोरेको थियो । कम्पनकिा अनुसार गतवर्ष भएको साइबर हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको हो ।
यसअघि २२ मंसिरमा ब्यूरोले लोकसेवाको सर्भर ह्याक गरेर ९ हजार एसएमएस पठाउने ३ जना पक्राउ गरेर सार्वजनिक गरेको छ । ब्यूरोबाट खटिएको टोलीले पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई पक्राउ गरेको हो ।

सम्बन्धित खबर
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
२९ वर्ष पुरानो हत्या प्रकरणका फरार दोषी पक्राउ
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’