काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरु धारणा राख्ने क्रम सुरु भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले विषय प्रवेश गरेसँगै बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।
बैठकको विषय प्रवेश गर्दै देउवाले भने, ‘प्रधानमन्त्री केपी ओेलीले अधिनायकवाद सोच र शैलीबाट चालिएको प्रतिनिधिसभा विघटनको कदममा गम्भीर हुनु छ ।
यश विषयमा हामीले पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारीका बीचमा पनि छलफल गरौँ । हिजो नेकपा र जनता समाजवादी पार्टीका नेताहरुसँग पनि छलफल भयो ।
मुलुकमा उत्पन्न संवैधानिक संकटलाई सही दिशामा डोर्याउन नेपाली काँग्रेसको काँधमा जिम्मेवारी छ ।ू संसद विघटनले हाम्रा सम्पूर्ण उपलब्धिमाथि प्रश्न उठको देउवाको भनाई थियो ।
यस्तै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनपी साउदलगायतले आफ्नो धारणा राखेका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओेलीको असंवैधानिक कदमबारे काँग्रेस गम्भीर बन्नुपर्नेमा जोड दिए ।
‘नेपाली काँग्रेस सकियो भन्नेहरु काँग्रेसको ढोका ढकढक्काइ रहेका छन् । हामी हाम्रो नेतृत्वमा बनेको संविधानको रक्षाका विषयमा गम्भीर बन्नुपर्छ । ओेलीले असंवैधानिक कदम चाल्नुभएको छ । उहाँ कति हदसम्म जानुहुन्छ । यस विषयमा काँग्रेस गम्भीर बन्न जरुरी छ।’
बैठकको एजेण्डाबारे काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका थिए । उनले भने, ‘प्रधानमन्त्रीले घरेलु झगडालाई व्यवस्थापन गर्न नसकेर संसद विघटनको कदम चाल्नुभयो । यतिले जिम्मेवार प्रतिपक्षीका रुपमा नेपाली काँग्रेस दलगत लाभ भन्दा पनि देशको लाभमा उभिन्छ ।
मुलुकमा उत्पन्न संकटपछि सिंगो देशको ध्यान काँग्रेस कस्तो नीति अख्तियार गर्छ भनेर केन्द्रित भएको उनको भनाई छ ।
यसलाई मध्यनजर गरेर केन्द्रीय समित बैठक निष्कर्षमा पुग्ने उनले बताए । बैठकमा मध्यावधि निर्वाचन, संसद विघटनको असंवैधानिक कदमको न्यायिक उपचार अन्य दलसँगको सहकार्यका विषयमा केन्द्रित रहेको शर्माले बताए ।
केन्द्रीय सदस्यलाई कुनै सकय सीमा नतोकी आफ्नो धारणा राख्न भनिएकाले काँग्रेस बैठक लम्बिने देखिएको छ । प्रवक्ता शर्माले पनि बैठक दुई तीन दिन लम्बिने बताएका छन् ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो