काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरु धारणा राख्ने क्रम सुरु भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले विषय प्रवेश गरेसँगै बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।
बैठकको विषय प्रवेश गर्दै देउवाले भने, ‘प्रधानमन्त्री केपी ओेलीले अधिनायकवाद सोच र शैलीबाट चालिएको प्रतिनिधिसभा विघटनको कदममा गम्भीर हुनु छ ।
यश विषयमा हामीले पार्टीका पदाधिकारी तथा पुर्वपदाधिकारीका बीचमा पनि छलफल गरौँ । हिजो नेकपा र जनता समाजवादी पार्टीका नेताहरुसँग पनि छलफल भयो ।
मुलुकमा उत्पन्न संवैधानिक संकटलाई सही दिशामा डोर्याउन नेपाली काँग्रेसको काँधमा जिम्मेवारी छ ।ू संसद विघटनले हाम्रा सम्पूर्ण उपलब्धिमाथि प्रश्न उठको देउवाको भनाई थियो ।
यस्तै बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनपी साउदलगायतले आफ्नो धारणा राखेका छन् । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओेलीको असंवैधानिक कदमबारे काँग्रेस गम्भीर बन्नुपर्नेमा जोड दिए ।
‘नेपाली काँग्रेस सकियो भन्नेहरु काँग्रेसको ढोका ढकढक्काइ रहेका छन् । हामी हाम्रो नेतृत्वमा बनेको संविधानको रक्षाका विषयमा गम्भीर बन्नुपर्छ । ओेलीले असंवैधानिक कदम चाल्नुभएको छ । उहाँ कति हदसम्म जानुहुन्छ । यस विषयमा काँग्रेस गम्भीर बन्न जरुरी छ।’
बैठकको एजेण्डाबारे काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराएका थिए । उनले भने, ‘प्रधानमन्त्रीले घरेलु झगडालाई व्यवस्थापन गर्न नसकेर संसद विघटनको कदम चाल्नुभयो । यतिले जिम्मेवार प्रतिपक्षीका रुपमा नेपाली काँग्रेस दलगत लाभ भन्दा पनि देशको लाभमा उभिन्छ ।
मुलुकमा उत्पन्न संकटपछि सिंगो देशको ध्यान काँग्रेस कस्तो नीति अख्तियार गर्छ भनेर केन्द्रित भएको उनको भनाई छ ।
यसलाई मध्यनजर गरेर केन्द्रीय समित बैठक निष्कर्षमा पुग्ने उनले बताए । बैठकमा मध्यावधि निर्वाचन, संसद विघटनको असंवैधानिक कदमको न्यायिक उपचार अन्य दलसँगको सहकार्यका विषयमा केन्द्रित रहेको शर्माले बताए ।
केन्द्रीय सदस्यलाई कुनै सकय सीमा नतोकी आफ्नो धारणा राख्न भनिएकाले काँग्रेस बैठक लम्बिने देखिएको छ । प्रवक्ता शर्माले पनि बैठक दुई तीन दिन लम्बिने बताएका छन् ।
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ