काठमाडौं । थाईल्याण्ड बस्ने एक युवतीसँग मकवानपुर हेटौंडा–४ घर भएका अस्लम अन्सारीको हिमचिम थियो । नेपालमा उनीहरु मिल्ने साथी थिए । दुईजना आपसी सम्बन्धमा थिए । पारिजात (नाम परिवर्तन) पछि थाईल्याण्ड गइन् । अस्लम पनि गए, त्यहाँ केही समय घुमेर फर्किए । थाईल्याण्डबाट फर्किएपछि उनीहरुको सम्बन्धमा समस्या आयो । आफुलाई अविवाहित भनेर सम्बन्धमा बसेका अस्लम ‘विवाहित’ भएको थाहा पाएपछि पारिजातले उनको फोन र मेसेज रेस्पोन्स गर्न छाडिन् ।
अनि, अस्लमले अर्को चाल रचे । पारिजातको नाममा फेसबुक र इमेल आईडी बनाए । अर्धनग्न तस्बिर, नग्न तस्बिर र भिडियो सामाजिक सञ्जाल र पोर्न साइडमा अपलोड गरे ।
सम्बन्ध बिग्रेपछि युवतीलाई हैरानी गर्ने र यौन उत्पीडन दिने अस्लमलाई प्रहरीले पक्राउ गरेको छ । नजिकको आफन्तको उजुरीपछि ३६ वर्षीय अस्लम अन्सारीलाई मकवानपुरबाट पक्राउ गरिएको साईबर ब्यूरोका एसएसपी नबिन्द अर्यालले बताए ।
फेसबुक र पोर्न साईडको पोष्ट हटाउन उनले युवतीसँग लाखौ मागेर ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । ब्युरोले उनीमाथि विद्युतीयय कारोवार ऐन–०६३ को दफा ४७ अनुसार अनुसन्धान गरिरहेको छ ।
त्यस्तै प्रविधिको दुरुपयोग गरेर यौनजन्य, अस्लील सन्देश र तस्बिर पठाएको आरोप्मा प्रहरीले गोरखा सुलिकोटका रोलकबहादुर थापालाई पनि पक्रेको छ ।
ललितपुरको चापगाउँ बस्ने २० वर्षीय रोलकले महिलाको फेक आईडी बनाएर उनको आफन्त र नजिकका साथीलाई अस्लील मेसेज पठाएका थिए । सामाजिक सञ्जालमा अनर्गल सामग्री पोष्ट गरेर हैरानी दिएपछि उनलाई पक्राउ गरिएको व्यूरोका एसएसपी अर्यालले बताए ।

सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो