काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले पार्टीलाई केपी शर्मा ओलीले फुटाएको बताएका छन् । प्रधानमन्त्री ओलीले पूर्वएमालेलाई दाहालले फुटाएको आरोप लगाएको भन्ने प्रश्नको जवाफ दिँदै प्रचण्डले आफूले एमाले भित्रको गुटबन्दी मिलाउन खोजेको बरु ओलीले फुटाएको आरोप लगाए।
दाहालले भने, ‘मैले फुटाएको भनेजस्तो कुरा आएको छ । एमालेको ९ औँ महाधिवेशपछि माधवजी र केपीजीको पक्ष भन्ने रहेछ । एकतापछि दुवैलाई कसरी मिलाउने भन्ने मलाई चिन्ता थियो ।’
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीमा नेपाल पक्षलाई पेलेर जाने रणनीति लिएको र आफू त्यस पक्षमा नरहेको पनि बताए । ‘केपी ओलीले माधवजीको पक्ष जिल्ला, प्रदेश र केन्द्र कुनै तहमा पनि नआओस् भन्ने । तर त्यो पक्ष पनि बलियो भएकाले आउनुपर्छ भन्ने मेरो कुरा थियो । त्यसैले, एमाले फुटाउने केपीजी हो, म होइन,’ उनले भने ।
यस्तै, दाहालल विगतमा ओलीलाई आफूले चिन्न नसकेको र सहमति भएका कुरा छोड्दै जानु भूल भएको बताए । ओलीसँग पार्टी एकताका बेला गरेको सहमति अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति छोड्नु गल्ती भएको उनको भनाइ थियो ।
‘उहाँले म तीन वर्ष जेठो छु तीन भोटा मैले फटाएको छु भन्दा मैले एक नम्बर मान्दिए । अर्कोपल्ट आलोपालो अध्यक्ष छोडौं र संयुक्त गरौं भन्दा पनि छोडिदिए । कार्यकारी अध्यक्षमा हुनुस् भन्दा पाँचै वर्ष प्रधानमन्त्री हुनुस् भनेर मैले छोडिदिए र यो छोडिदिने कमजोरी गरेको थिए,’ दाहालले भने ।
ओली निरंकुस हुँदा नेकपा फुटको अवस्थामा पुगेको उनको तर्क छ। दाहालले आफूले अपमान सहेर पनि एकता चाहेकाले ओलीले जहिले आफूलाई पेल्न खोजेको बताए। उनले आफु, नेपाल र बरिष्ठ नेता झलनाथ खनाल ओलीले अपमान सहनेहरुको समूह भएको बताए।
सम्बन्धित खबर
उद्योगी शेखर गोल्छा पक्राउ
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा