निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड माधव पक्षले आयोगमा दिएको निवेदन आयोगले फिर्ता गरेको भन्ने अभिब्यक्ति खण्डन गरेको छ । प्रवासी नेपाली मञ्चका कार्यकर्तालाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्ड नेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएका थिए ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निवेदन फिर्ता नभएको बताए ।दर्ता भएको निवेदन पनि फिर्ता हुन्छ ? भन्ने प्रश्न गर्दै उनले प्रधानमन्त्रीले भाषणका क्रममा के भने ? सो थाहा नभएको र आयोगले फिर्ता गर्ने कुरा नभएको उनले बताए ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरेपछि दुई पक्षमा विभाजन भएको नेकपाका प्रचण्ड–नेपाल पक्षले आफ्नो आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । त्यसमाथि छानविन भइरहेको आयोगले जनाएको छ ।
प्रधानमन्त्रीले झूठ बोले
प्रचण्ड–नेपाल पक्षका नेताहरुले प्रधानमन्त्रीले झूठ बोलेको बताए। नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलले झुठ कुरा गरेर प्रधानमन्त्रीले पराजित मानसिकता देखाएको टिप्पणी गरे।
‘निर्वाचन आयोगमा चाहिने कागजात दिने, अपडेट गराउने काम गरेका छौं, कहाँबाट फिर्ता पठाउनु? त्यो नचाहिने कुरा हो, उनीहरु निर्वाचन आयोगलाई धम्क्याउन खोज्दैछन’, पोखरेलले भने, ‘हामीले हिजो मात्र आयोग पुगेर पार्टी दल दर्ता गर्दाको स्थितिमा भएको हेरफेर अनुसूचि १८ बमोजिमको फर्म्याटमा भरेर निर्वाचन आयुक्तहरुलाई बुझाएर आएका हौं।’
‘प्रधानमन्त्रीले त्यसो भनेर हुन्छ? झुट बोलेर हुन्छ? यो झुठको पुलिन्दा हो। झुठ बोल्दै मानिसलाई धम्क्याउँदै भ्रम पार्ने यो पराजित मानसिकताको अभिव्यक्ति हो,’ पोखरेलले थपे।
प्रचण्ड–नेपाल पक्षका अर्का नेता राजेन्द्र पाण्डेले पनि प्रधानमन्त्री ओलीले झुठो प्रचार गरेको दाबी गरे।
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ