काठमाडौँ । नेकपाका भूगोलमा ७७ जिल्ला र जिल्ला कमिटीको हैसियतमा रहेका ५ कमिटी सक्रिय छन्। ती जिल्लामा केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज तोकिएको छ। जसले जिल्ला र केन्द्रको नेतृत्वबीच सेतुको काम गर्छन्।
नेकपामा दुई समूह विभाजन भएसँगै जिल्ला इन्चार्ज पनि बाँडिएका छन् र तीमध्ये अहिले धेरैजसो इन्चार्ज जिल्लाको गतिविधिमा संलग्न छन्। ८२ जिल्ला इन्चार्जमध्ये ५७ जना प्रचण्ड-नेपाल पक्षमा छन् भने २२ जिल्ला कमिटीका इन्चार्ज ओली समूहतर्फ खुलेका छन्।
२ जिल्ला कमिटीका इन्चार्ज कतै पनि खुलेका छैनन्। नुवाकोट जिल्लाको इन्चार्ज पद खाली छ। यसअघिका इन्चार्ज महेन्द्रबहादुर पाण्डे चीनका लागि राजदूतमा नियुक्त भएपछि रिक्त भएको हो।
बर्दियाका इन्चार्ज लक्ष्मण ज्ञवाली उपाध्यक्ष वामदेव गौतमनिकट छन् । । पार्टी एकताका लागि गौतमले चाल्ने कमदप्रति समर्थन जनाउँदै कुनै पक्षका भेलामा गएका छैनन् । त्यसैगरी कञ्चनपुरका इन्चार्ज विक्रम शाही पनि कतै खुलेका छैनन् । विगतमा उनीओली नजिक थिए ।
‘संसद विघटन गरेको विषय चित्त बुझेको छैन। यसले देशमा अस्थिरता ल्याउँछ भन्ने लागेको छ,’ शाहीले भने, ‘मन परेका मानिस एकातिर भए र मेरो धारणा अर्कातर्फ भयो। त्यसैले कसैका भेला र बैठकमा सहभागी भएको छैन।’
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो