काठमाडौँ– नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले लगातार झुट बोलेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले एक गल्ती ढाकछोप गर्न पटक पटक झुट बोलेको आरोप लगाए ।
नेपाली कांग्रेसले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न ललितपुर पुगेका नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम खड्गप्रसाद ओली नभइ कीर्तेप्रसाद ओली राख्नुपर्ने बताए । ‘अध्यादेश सिफारिस गर्दा किर्ते, संसद् विघटनको सिफारिस गर्दा किर्ते, अरू के–के काममा किर्ते भएको छ ? अब केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, किर्तेप्रसाद ओली राख्यो भने उपयुक्त हुन्छ,’ उनले भने ।
थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले बडामहारानी बन्न खोजेको आरोप लगाए । ‘म यो देशमा राष्ट्रपति संस्था ल्याउन लागेको सदस्य हुँ । तर, आज मलाई आफ्नो राष्ट्रपतिको भूमिकाले लज्जित बनाउँछ । हामीले नेपालको राष्ट्रपतिलाई हाम्रो अभिभावकभन्दा माथि राखेका छौँ । तर, उहाँको भूमिकाले के देखाउँछ ? उहाँ नेपालको राष्ट्रपति हो कि नेकपाको एउटा गुटको गुटपति ?’ थापाले प्रश्न गरे ।
ललितपुरको महांकाल गाउँपालिकामा भएको कांग्रेसको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले सरकारले खोप किन्न पैसा नभएको भन्दै चन्दा मागेकाप्रति आपत्ति जनाए ।
‘अहिले तीन करोड नेपालीलाई पहिले चाहिएको खोप हो, खोपका लागि कम्तीमा ४०–५० अर्ब चाहिन्छ, तर सरकारले सार्वजनिक सूचना जारी गरेर भन्छ, मेरो खुत्रुके रित्तो छ, खोप किन्न पैसा देऊ । अनि अर्कोतिर वेला न कुवेला ४०–५० अर्ब खर्च हुने चुनावको घोषणा गर्छ । र पैसा बगाउन थालेको छ । खोप किन्न पैसा छैन भने चुनाव गर्न ४०–५० अर्ब कहाँबाट आउँछ ?,’ थापाले प्रश्न गरे ।
नेता थापाले तीन वर्षअघि प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीलाई शुभकामना दिएको सम्झिए । ‘तीन वर्षअगाडि संसद्मा उभिएर प्रधानमन्त्रीलाई बधाई दिँदै गर्दा मैले भनेको थिएँ, ‘आजसम्म नेपालमा कुनै पनि प्रधानमन्त्रीले नपाएको अवसर तपाईंले पाउनुभएको छ, तपाईको कार्यकाल सुखद रहोस् भन्ने कामना गर्छु । तर, घोषणापत्रमा सयौँ वाचा छन्, ती वाचाचाहिँ म सम्झाइरहन्छु । तर, त्यहाँ मेरो उपहास गरियो,’ नेता थापाले भने, ‘मैले सोचेको थिएँ, चालक नै मात्रै त फेरिएको हो, बाटो छ, गाडी छ, उज्यालो छ, गडबड नगरी गुडाए त गन्तव्यमा पुगिहालिन्छ नि, तर होइनरहेछ, आज ती चालकले बीच बाटोमै गाडी नै अलपत्र पारिदिए ।’
नेता थापाले प्रतिनिधिसभा विघटन असंवैधानिकभन्दा पहिले अनधिकृत भएको बताए ।
‘ओलीले गरेको यो काम असंवैधानिक हो । तर, त्योभन्दा पहिले त्यो अनधिकृत हो,’ उनले भने, ‘संविधानमा संसद् विघटन गर्ने कुरा कल्पनै गरिएको छैन । यो नजानेर नलेखिएको होइन, जानेर नलेखिएको हो । विगतबाट सिकेर गरिएको हो । संसदले सरकार दिन नसक्ने अवस्थामा मात्रै संसद् भंग गर्ने व्यवस्था हाम्रो संविधानमा छ । तर, यहाँ त बहुमत भएको प्रधानमन्त्रीले संसद् भंग गर्नुभएको छ, यो असंवैधानिक मात्रै होइन, अनधिकृत काम हो ।’
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते