पुष्पकमल दाहाल प्रचण्डले आफू यद्धको कमाण्डर भएको भन्दै कठोर हुनुपर्ने समय आए प्रतिगमनकारीलाई भित्तामा पुर्याइदिने चेतावनी दिएका छन्।
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले भने, ‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइँ सकिनुभयो। म युद्धको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्याउँछु।’
प्रचण्डले ओली खोक्रो राष्ट्रवादी भएको दाबी गर्दै जुन दिनबाट संसद विघटन भयो त्यो बेलादेखि ओलीको हातमा केही नभएको तर्क गरे । ‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद विघटन गरे त्यदिनदेखि केपी ओलीको हातमा केही छैन।’
उनले प्राप्त उपलब्धि गुम्ने खतरा भएको र त्यसको सबैभन्दा बढी पीडाबोध आफूले गरेको बताए । उनले प्रधानमन्त्री ओलीलाई ऐना हेर्न पनि सुझाव दिए। भने, ‘तपाईंले आफ्नो अनुहार ऐनामा किन हेनुहुन्नरु’
ओलीले वैशाखमा पनि अध्यादेश ल्याएर पार्टी फुटाउन खोजेका र असारमा पनि एमाले दर्ता गराएर नेकपा फुटाउन खोजेका आरोप लगाए ।
उनले थपे, ‘उहाँले मलाई पूर्व एमालेभित्र खेल्यो भन्नुहुन्छ। सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा पूर्वएमालेकै बहुमत छ। तर, त्यस्तो हुँदा किन तपाई अल्पमतमा पर्नुभयोरु तपाई मलाई आरोप लगाइराख्नुभएको छ। आफ्नो अनुहार ऐनामा किन हेर्नुहुन्नरु’
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ