नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नम्बर एक अपराधी ठानिरहेको टिप्पणी गरेका छन् । ओलीले आफूलाई सिध्याउन राजावादी र दक्षिणपन्थीसँग साँठगाँठ गरेको आरोप लगाए ।
‘ओलीलाई प्रचण्ड एक नम्बर अपराधी भन्ने लागेको छ,’ प्रचण्डले नेकपाको आफ्नो समूहको शक्ति प्रदर्शनपछि राजधानीमा आयोजित सभालाई सम्बोधन गर्दै भने,‘प्रचण्डलाई जसरी पनि सिध्याउनुपर्छ भनेर राजावादी र दक्षिणपन्थीसँग मिलेका छन् ।’
ओलीका पछाडि पूर्व राजा ज्ञानेन्द्र शाहका मान्छेहरु दौडिएको प्रचण्डको टिप्पणी थियो । ‘ज्ञानेका मान्छे ओलीको पछाडि दौडिएका छन्,’ उनले भने, ‘ओली गणतन्त्र विरोधी हुन् ।’
अदालतले संसद पुनःस्थापनाको पक्षमा निर्णय गर्ने र निर्वाचन आयोगले पनि आफूहरुलाई वैधानिक नेकपा मान्ने प्रचण्डको दाबी थियो । उनले भने,‘यो विशाल जनसागर अदालत र निर्वाचन आयोगले पनि देख्छ । यो जीत सुनिश्चित गर्ने फेक्टर हुनेछ ।’
ओलीले कर्मचारीलाई समेत धम्की दिएर प्रदर्शनमा सहभागी हुनबाट रोक्न खोजेको भन्दै प्रचण्डले कसैसँग नडराउन भने । उनले ओलीबाट कुनै कर्मचारी कारबाहीमा परेमा संरक्षण गरिने समेत बताए । उनले भने,‘खोएर देखाऊ चुनौती दिन्छु । कर्मचारीको रौं मात्र पनि हल्लिए हामी छौं ।’
ओलीले आफ्नो उदारताको दुरुपयोग गरेको प्रचण्डको आरोप थियो । विगतमा ओलीलाई सम्झाई बुझाई गर्न खोज्नु नै गल्ती भएको उनको भनाई थियो । प्रचण्डले भने,‘केपीलाई तह लगाउन सकेनौं । हामी त्यसका लागि आत्मालोचना गर्छौं ।’ ओलीले देशलाई विध्वंशतिर लगेको उनको आरोप थियो ।
सम्बन्धित खबर
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
रविलाई दाइ हरिशरणका पाँच सुझाव : प्रदेशको विषयमा स्पष्ट धारणा बनाउनु
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ