तनहुँ । व्यास नगरपालिका–१० परेवा डाँडामा निर्माण गरिएको टिकटक पार्क सञ्चालनमा ल्याइएको छ । पिजन हिल रेष्टुरेन्ट एन्ड लजले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्ने हेतुले टिकटक ९मनोरञ्जन० पार्क सञ्चालनमा ल्याइएको हो ।
पिजन हिल रेष्टुरेन्ट एन्ड लज नजिकै वडा कार्यालयले परेवाको मूर्ति स्थापना गरेको छ । परेवाको मूर्तिसँग फोटो खिचाउने आन्तरिक पर्यटकहरुको सङ्ख्या बढ्दै गएपछि पिजन हिल रेष्टुरेन्टका सञ्चालक विवेक सापकोटाले व्यक्तिगत लगानी गरी पर्यटकलाई आकर्षण गर्ने संरचनाहरु निर्माण गरेको छ ।
पर्यटकको चहलपहल बढ्दै गएपछि मादीनदी किनारमा लट्ठे पिङ, टिकटक पार्क, भ्यू टावर, गुफाभित्र कफी शपलगायत संरचनाहरु निर्माण गरिएको पिजन हिल रेष्टुरेन्ट एन्ड लज सञ्चालक विवेक सापकोटाले बताए । व्यापारिक मात्र नभईकन मनोरञ्जन प्रदान गर्ने उद्देश्यले पार्कहरु निर्माण गरिएको छ । मानिसका लागि मन भुलाउने एकान्तस्थलका रुपमा विकास गर्न लागिएको हो । उनका अनुसार हालसम्म रु ८० लाख लगानी भइसकेको छ । अझै स्वीमिङ पुल, फनपार्कलगायत काम गर्न बाँकी रहेको उनले बताए । व्यक्तिगत लगानीमा सञ्चालनमा ल्याइएको पार्कले यस क्षेत्रमा आन्तरिक पर्यटकहरु बढाउने विश्वास गरिएको छ ।
दमौली बजारबाट करीब ६ किलोमिटरको दूरीमा रहेको उक्त पार्क निकै आकर्षक रहेको छ । उक्त मनोरञ्जन पार्कमा बालबालिकाका लागि, पिङ, स्लाइड, झोलुङ्गो र अन्यको लागि पिङ, टिकटक बनाउनका लागि आकर्षकस्थल निर्माण गरिएको छ ।
विभिन्न चराचुरुङ्गी, जनावर तथा देवीदेवताका मूर्तिहरु कलात्मकरुपमा निर्माण गरिएको पार्कमा बसेर स्थानीय विभिन्न परिकारको स्वाद लिँदै मादीनदीको मनोरम दृश्य अवलोकन गर्न सकिनेछ । वडाध्यक्ष तुलसीराम सापकोटाले उक्त पार्कको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे ।
परेवाको मूर्ति निर्माण
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सोही वडास्थित परेवाडाँडामा परेवाको मूर्ति निर्माण गरिएको छ । मादीनदीकोस्थित पहरोमा परेवाहरु बस्ने गरे पनि पछिल्लो शिकार गर्दा विस्थापित भएपछि त्यसको संरक्षण गर्न वडाले परेवाको मूर्ति निर्माण गरेको हो । पार्कको अगाडिको भागमा परेवाको मूर्ति निर्माण गरेपछि दैनिक आन्तरिक पर्यटकहरुको चहलपहलमा वृद्धि हँुदै गएको छ ।
उक्त वडाभित्र रहेका दुम्सीचौर, कुमालटारी र पाथ्राघाटस्थल ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेकाले त्यसको संरक्षण गरी आन्तरिक एवं बाह्य पर्यटकहरु भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष सापकोटाले बताए । । उनले भन्नुभयो, “ऐतिहासिकस्थलहरुको नाम नमेटिने गरी पहिलो चरणमा परेवाको जोडी बनाउन शुरु गरिएको छ ।”
मूर्तिकार ल्याएर उक्त स्थानमा एक परेवा जोडी बनाउन शुरु गरिएको र जोडीको मूर्ति निर्माणमा करीब रु ६ लाखको लागतमा परेवाको मूर्ति निर्माण गरिएको हो । उक्त परेवाको सात फिट लामो र करीब तीनदेखि चार टनसम्मको तौलको रहेको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा सडक विस्तार: म्याद सकियो तर काम सकिएन
तनहुँमा बुवाको हत्या आरोपमा छोरा पक्राउ
पोखरा आउँदै गरेको कार तनहुँमा दुर्घटना, चार जना घाइते
तनहुँमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या
भिमादमा आयोजित मगर भाषा–लिपि तथा संस्कारसम्बन्धी पाँच दिने प्रशिक्षणको समापन
तनहुँमा रोकिराखेको बसमा कार ठोक्कियो, पोखराका ३ युवा घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग