पोखरा, २९ फागुन / पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका दामोदर पौडेलका परिवार बंगलादेशबाट फर्किएका आफ्ना छोरा स्वागत गर्न आतुर थिए । छोरा सञ्जय चढेको विमान सोमबार दिउँसो २ बजे ल्याण्ड हुने बेला दुर्घटनामा पर्दा छोरालाई हाँसीखुशी स्वागत गर्न पाएनन् ।
सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि मृत्यु हुनेमा सञ्जय पनि परे । ४९ जनाको मृत्यु भएकोमा ३३ नेपाली चढेकोमा २२ जना नेपालीको मृत्यु भयो भने ११ नेपाली घाईते छन् ।

युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुदाँ बंगलादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै गरेका पौडेलको मृत्यु भएको हो । दामोदर पौडलले पोखराको लेकसाइडमा व्यावसाय गर्दै आएका छन् ।
सञ्जय एक मात्र छोरा हुन् । माछापुच्छे गाउँपालिका ६ धिताल घर भएका दामोदर उनका दुई भाई सहित पोखरामा लामो समय देखि व्यवसाय गर्दै आएका छन् । सञ्जय पोखराका मदरल्याण्ड माविबाट एसएलसि पास गरेका थिए भने सगरमाथा मा विमा साइन्स पढेका थिए ।
सबै पढाई पूरा गरेर अगाडि डा. थपेर आएका सञ्जय आफ्नो भूमि टेक्न नपाउँदै परलोक भए । उनको मृत्युले गाउँबासी, आफन्त शोकमा छन् ।

सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो