पोखरा, २९ फागुन / पोखरा लेखनाथ महानगरपालिका ६ जरेवरका दामोदर पौडेलका परिवार बंगलादेशबाट फर्किएका आफ्ना छोरा स्वागत गर्न आतुर थिए । छोरा सञ्जय चढेको विमान सोमबार दिउँसो २ बजे ल्याण्ड हुने बेला दुर्घटनामा पर्दा छोरालाई हाँसीखुशी स्वागत गर्न पाएनन् ।
सोमबार काठमाडौमा भएको विमान दुर्घटनामा परि मृत्यु हुनेमा सञ्जय पनि परे । ४९ जनाको मृत्यु भएकोमा ३३ नेपाली चढेकोमा २२ जना नेपालीको मृत्यु भयो भने ११ नेपाली घाईते छन् ।

युएस बंगला एयरलाइन्सको विमान दुर्घटना हुदाँ बंगलादेशस्थित जलालावाद राजीव राबिया मेडिकल कलेज एण्ड हस्पिटलमा एमविविएस सकेर नेपाल फर्किदै गरेका पौडेलको मृत्यु भएको हो । दामोदर पौडलले पोखराको लेकसाइडमा व्यावसाय गर्दै आएका छन् ।
सञ्जय एक मात्र छोरा हुन् । माछापुच्छे गाउँपालिका ६ धिताल घर भएका दामोदर उनका दुई भाई सहित पोखरामा लामो समय देखि व्यवसाय गर्दै आएका छन् । सञ्जय पोखराका मदरल्याण्ड माविबाट एसएलसि पास गरेका थिए भने सगरमाथा मा विमा साइन्स पढेका थिए ।
सबै पढाई पूरा गरेर अगाडि डा. थपेर आएका सञ्जय आफ्नो भूमि टेक्न नपाउँदै परलोक भए । उनको मृत्युले गाउँबासी, आफन्त शोकमा छन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन