काठमाडौं– अभिनेत्री करिश्मा मानन्धरलाई महानायिकाको उपाधि प्रदान गरिएको छ । आरके इन्टरटेनमेन्टले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर अभिनेत्री मानन्धरलाई यो सम्मान दिएको हो ।
करिव एक दशकअघि यही समुहले अभिनेता राजेश हमाललाई महानायकको उपाधि दिएको उक्त समुहद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । हालै काठमाडौंमा आयोजित समारोहमा समारोहमा अभिनेत्री करिश्मा मानन्धरलाई महानायिका लेखिएको स्यासे र क्राउन लगाएर महानायिका घोषणा गरिएको हो ।
उनलाई राजेश हमाललगायतले महानायिका घोषणा गर्दै बधाई ज्ञापन गरे । समारोहमा कलाकार नीर शाह, कुलमान घिसिङ्ग, गीतकार डा.भोला रिजाल, गीतकार मिन सागर लामा लगायतका व्यक्तिहरुलाई राष्टिय सम्मान प्रदान गरिएको थियो ।
समारोहमा आरके इन्टरटेनमेन्टले आयोजना गरेको अनलाईन ग्य्राण्ड सिङगिङ आइडल तथा स्याल यु डान्स कार्यक्रमका बिजेतालाई पनि अवार्ड वितरण गरियो ।
सिङगिङ आइडलका विजेता मोनिका तमाङ तथा फस्ट रनरअप सुमिरन हुमागाई थिए भने सेकेन्ड रनर्सअप मिनिसा तामाङ भएकी थिइन् ।
जुनियरतर्फ सुमिका शरद विजेता भएकी थिइन भने आसिका गौतम फस्टरनर्स अप भएकी थिइन् । कार्यक्रममा सिंगिङ आइडलका निर्णायकहरु आनन्द कार्की, मिन साागर लामा, सरिता भारती र सरोज प्याकुरेललाई पनि सम्मान गरिएको थियो ।
नृत्य प्रतिस्पर्धाका विजेता अभिमा तामाङ लगायतका प्रतिस्पर्धिहरुलाई पनि कार्यक्रममा अवार्ड वितरण गरिएको थियो ।
श्रोतः कलाकर्मी
सम्बन्धित खबर
वालिङमा नयाँ वर्षलाई लक्षित गर्दै ‘फर्स्ट एक्स्पो’ हुँदै
विनोद बानियाँको ‘यहीँ दुःख गरम्ला’ सार्वजनिक
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
मिस नेपाल–२०२५ को ताज लुना लुँइटेलले पहिरिन्
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह