काठमाडौं- नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्ने दिन समेत आउन सक्ने बताएका छन्। नेकपाको आधिकारिक फेजबुक पेजबाट मंगलबार लाइभ गरिएको अन्तर्वार्तामा पाण्डेले ओली पक्राउ पर्ने दिन धेरै टाढा नभएको जिकिर गरे।
‘ओली पक्राउ पर्ने दिन आउँदैन भन्न सकिँदैन। आउँन सक्छ नि! हिजो बर्मामा त्यहाँको प्रधानमन्त्रीलाई नजरबन्द राखिएको छ। हामी आन्दोलन गरिरहेका बेलामा घटना घटेको छ,’ पाण्डेले भने, ‘ओलीको दिन पनि धेरै टाढा छैन। आउन सक्छ।’ गलत कुरा धेरै दिन टिक्न नसक्ने पाण्डेको भनाइ छ।
‘रामकुमारी झाक्रीले बोलेकै कारणले उहाँमाथि आक्रामण गर्ने कोसिस गरियो। जनताको तागतले पुलिस प्रशासनले थुनेर राख्ने क्षमता ओली सरकारमा थिएन। त्यसकारण रिहाई गर्न बाध्य भयो,’ पाण्डेले भने, ‘हामी सबै आन्दोलनकारी रिहाइको पक्षमा थियौँ। प्रहरी थानामा स्वमय म आफै पुगेको थिए। मसँग प्रहरीका प्रमुखले हामीले छोड्छौ भन्नुभयो।’
प्रहरी प्रशासनले कानुन बनाउने प्रतिनिधिलाई कसैको जिम्मा मात्रै छोड्नुपर्छ भन्ने विषयलाई प्रतिरोध गरेको पाण्डेले बताए। ‘झाक्रीजी ‘ल मेकर’लाई तपाईंले कसैको जिम्मा लगाउन पाइन्छ। उहाँ एक प्रकारले सांसद नै हो। संसद् पुर्नबाहाली हुँदा बित्तिकै सांसद् हो। कानुन बनाउने मान्छेलाई कानुनको पाठ पढाउने? घरबाट जसरी ल्याउनुभयो त्यसरी छोड्नु पर्छ भनेपछि छोडियो।’
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष